
काठमाडौँ – जुन दिन काग्रेसका मन्त्रीहरु सपथ खाँदै थिए त्यही दिन काग्रेसकै एक जना नेता तस्करीको आरोपमा पक्राउ परे ।शुक्रवार यस्तो गज्जबको दृश्य देखा परेको हो । काग्रेसका नेता र तस्करबीचको कनेक्सनको । चौथो पटक विस्तारित मन्त्रीमण्डलमा काग्रेस नेता अर्जुन नरसिंह केसी राष्ट्रपति निवासबाट सपथ ग्रहण गरी सिंहदरवारस्थित आफ्नो कार्यकक्ष शहरी विकास मन्त्रालय प्रस्थान गर्दै गर्दाको समयमा तरुण दल धादिङका जिल्ला अध्यक्ष दिनेश लामा भनिने दिनेश गुरुङ प्रहरी फन्दामा परे ।
लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको महाराजगञ्जबाट उनलाई पक्राउ गरेको हो । उत्तरी धादिङको मार्पाक घर भएका तामाङ हालै नेपाल तरुण दल धादिङको अध्यक्षमा निर्वाचित भएका थिए ।
केही वर्ष अघि प्रहरीसँगको मुठभेडमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी चरिसँग निकट रहेका उनलाई अन्य आरोपीहरुको बयानको आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ । गत चैतमा लागूऔषध एमफेटामाइन कारोवारको आरोपमा पक्राउ परेका नेत्र गुरुङ र चित्र तामाङले दिएको बयानका आधारमा दिनेश लामा भनिने दिनेश गुरुङ पक्राउ परेका हुन् ।

थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोवार गर्दै आएका धर्म पाख्रिनले पठाउने एमफेटामाइन धर्मकै भाइ पुर्ण पाख्रिन र धादिङ तरुण दल अध्यक्ष दिनेशले बिक्री गर्ने गरेको खुलेको हो । विषेश गरी धादिङमा उत्पादन हुने चरेस थाइल्याण्ड पठाउने र थाइल्याण्डबाट एमफेटामाइन नेपाल ल्याउने धन्दामा उनी सक्रिय रहेको प्रहरीले जनाएको छ ।

लामाको फेसबुक पेजमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि तस्विर राखेका छन् ।उक्त तस्विरलाई उनले आफ्नो कभर फोटो बनाएका छन । त्यस्तै भौतिक योजना तथा यातयात मन्त्री रमेश लेखक, शहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँगको तस्विर पनि उनले सामाजिक सञ्जालमा राखेका छन् ।
नेता र तस्करबीचको ‘कनेक्सन’ नेपाली राजनीतिमा कुनै छिपाइरहनुपर्ने कुरा रहेन । गुण्डा नाइकेको उपनाम पाएका दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरमा मारिदा केही नेता रोएको दृश्य पनि देखिएकै हो । त्यस्तै अर्काे डन कुमार घैटे मारिदा कांग्रेसका केही यूवा नेताले कोकोहोलो मच्चाएको दृश्य पनि देखिएकै हो ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्