
काठमाडौँ – पूर्व प्रधानमन्त्री केपी ओलीलाई मधेश विरोधीको विल्ला भिराउदै उक्त सरकार गिराउन महत्वपूर्ण भूमिका खेलेका मधेशका नेताहरु वर्तमान सरकारका मन्त्रीबाट हुनुसम्म हत्तु भएका रहेछन ।
मधेशका ति शीर्षस्थ नेताहरुलाई हत्तु खेलाइदिने मन्त्री पनि मधेशकै छन ।मधेसी दलकै समर्थनमा गठन भएको प्रचण्ड नेतृत्वको सरकारबाटै मधेसी नेता उपेक्षामा परेका गुनासो पोखेका छन । उपप्रधानमन्त्रीसमेत रहेका मधेसकै नेता विमलेन्द्र निधिले मधेसका शीर्षस्थ नेताको फोन नउठाएसँगै उनीहरु निधिसँग बिच्किएका हुन् ।
भएको चाहिँ के रहेछ, भने मधेसका नेता राजेन्द्र महतो तारन्तार गृहमन्त्री निधिलाई फोन सम्पर्क गर्दा रहेछन् । तर, उनको फोन आएसँगै विमलेन्द्रले ‘विजी मोड’मा राखिदिने र फोन नै नउठाइदिँदा उनी हत्तु भए ।उही हालतमा रहेछन, महन्थ ठाकुर पनि । जब–जब महन्थ सम्पर्क गर्छन, उनको फोन समेत विमलेन्द्रले रिसिभ नगर्ने !
कहिले ‘बिजी मोड’ मा राखिसदने, कहिले ‘कल डाइर्भट’ गरिदिने । यसरी मधेसका अधिकांश नेता विमलेन्द्र निधिले फोन रिसिभ नगरेर हतु भएका छन् ।
मधेसका अधिकांश शीर्षस्थ नेताको फोन उनले रिसिभ नगरिरहँदा राजेन्द्र महतोको पार्टीका महासचिव मनीष सुमनको फोन रिङ जानै नपाई निधिल रिसिभ गरेसँगै अहिले मधेसी मोर्चामै हल्लीखल्ली मच्चिएको छ ।
अहिले निधि र मनीष सुमनबीचको केमेस्टी यतिबिघ्न मिल्नुको कारणको खोजी मधेसी मोर्चाभित्रैबाट हुन थालेको छ । यद्यपि यस विषयमा तराई मधेश समता पार्टीका अध्यक्ष महेन्द्र यादवसँग जिज्ञासा राख्दा मधेशको मागप्रति यो सरकार जति अन्य कुनै पनि सरकार लचिलो र सहज नभएको जिकिर गरे ।अर्काे नेता मनिष सुमनसँग जिज्ञासा राख्दा हाँसेर टारिदिए ।
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्