
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली बिहीबार थाइल्याण्ड जाने भएका छन् । आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि ओली थाइल्यान्ड जाने भएका हुन् ।
केही वर्षअघि गम्भीर बिरामी परेका ओलीको त्यसबेला मृर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले आफ्नो नियमित स्वास्थ्य परीक्षण गर्दै आइरहेका छन् ।
नयाँ दिल्ली र थाइल्यान्डमा उपचार गराउँदै आएका ओली प्रधानमन्त्री भएपछि त्यो रुटिन स्थगित भएको थियो । नौ महिनासम्म नियमित स्वास्थ्य परीक्षण नगरेको ओली सरकारबाट बाहिरिए लगत्तै थाइल्यान्ड जान लागेका हुन् । ओली थाइल्यान्डमा करिब एकहप्ता बस्ने समेत श्रोतले बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्