
काठमाडौँ – विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्यो ।
अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त गर्योा । तर, मर्मतसम्भार गरेपछि एकजना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई वर्षयता वीर अस्पताल पुगेका छैनन् ।
विगतमा राजपरिवारका सदस्यहरुले समेत प्रयोग गरेका आधुनिक र उच्च प्रविधियुक्त बिलासी क्याबिनहरू दुई वर्षदेखि बन्द छन् । दुई वर्षदेखि प्रयोग विहीन हुँदा तिनमा माकुराको जालो धुलो थुप्रिएको छ ।
लाखौं खर्च गरेर डिलक्स क्याबिन बनाएपछि विशिष्ट व्यक्ति स्वदेशमा स्वास्थ्य परीक्षण र उपचार गराउँदैन । यही क्रममा निरन्तरता दिँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गए ।
- नागरिक दैनिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्