
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ -सरकार परिवर्तन हुने समय चर्चामा आउने अनि कार्यन्वयन हुने कुनै संकेत नदेखिने बिषयमा पुनः अर्का संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुख खोलेका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षणपत्र बुझ्दै उनले विगतमा सरकारले गरेका निर्णय आफूले कार्यान्वयन गर्ने आश्वासन दिए । सो अवसरमा मन्त्री कार्कीले ठूला र साना सञ्चारगृहका समस्यालाई अलग ढङ्गले विश्लेषण गरेर मात्रै आफू अगाडि बढ्ने बताएका छन् ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले एघारबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै न्यूनतम पारिश्रमिकको विषय मन्त्रिपरिषद्बाट निर्णय भएर नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेका स्थितिमा हालसम्म पनि कार्यान्वयन नहुनु दुःखद हो भन्दै विगतमा गरिएको प्रतिबद्धता बमोजिम पत्रकारको पारिश्रमिक यही आर्थिक वर्ष देखि नै लागू हुने गरी कार्यान्वयन गर्न आग्रह गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्