×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपति र प्रधानमन्त्रीबीच गोप्य भेट, के भयो कुरा ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्रपति र प्रधानमन्त्रीबीच गोप्य भेट, के भयो कुरा ?

११ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । दुई नेताबीच शुक्रबार साँझ शीतलनिवासमा भएको भेटवार्ता राति अबेरसम्म चलेको थियो । काँग्रेसका १३ मन्त्रीलाई सपथ गराएसँगै मन्त्रिमण्डलले पूर्णता पाएकै दिन प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।

राष्ट्रप्रमुख र सरकार प्रमुखबीच भएको भेटवार्तालाई दुवै पक्षले गोप्य राखेका छन् । शुक्रबार भएको भेटबारे शनिबारका कुनै पनि दैनिक पत्रिकामा समाचार प्रकाशित भएको छैन । भेटमा के कुराकानी भएको थियो भन्नेबारे गोप्य राखिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राष्ट्रपति र प्रधानमन्त्री भेटबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले पनि आफू त्यसबारे अनभिज्ञ रहेको बताए । राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन, मधेसी मोर्चाका माग सम्बोधन र निर्वाचन गराउनेबारे सरकारको योजना सुनाएका थिए ।

जवाफमा राष्ट्रपतिले संविधान कार्यान्यवन गर्दै निर्वाचनको वातावरण निर्माणमा जुट्न आग्रह गरेको बुझिएको छ । राष्ट्रपति भण्डारीले आज (शनिबार) पनि प्रधानमन्त्रीलाई शीतलनिवास बोलाएको बुझिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: