
काठमाडौं – नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले नेपाली राष्ट्रिय पोशाकमा सपथ लिएका छन्। नेपाली काँग्रेसकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले शुक्रवार विहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ गर्दा आफू खुसी पोशाक नलगाएर पुरुष मन्त्रीहरुले दौरा, सुरुवाल, कोट र ढाका टोपी तथा महिला मन्त्रीले सारी चोलो र कोट लगाएका थिए।
सरकारका मन्त्रीहरुले राष्ट्रिय पोशाकको सम्मान नगरेको चर्चा भइरहँदा काँग्रेसका सबै मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाएर पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि सर्वसाधारणमा पनि सकारात्मक सञ्चार भएको छ। यद्यपी सपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भादगाउँले कालो टोपीमा मात्र थिए। उनले सर्ट पाइन्ट र कोट लगाएका थिए।
सहरी विकास मन्त्रालयको जिम्मा अर्जुननरसिंह केसीलाई, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मा कोषाध्यक्ष सीतादेवी यादवलाई, रक्षा मन्त्रालयको जिम्मा बालकृष्ण खाँडलाई परराष्ट्र मन्त्रालयको जिम्मा डा। प्रकाशशरण महतलाई, श्रम तथा रोजगार मन्त्रालयको जिम्मा सूर्यमान गुरुङलाई, पर्यटन मन्त्रालयको जिम्मा जीवनबहादुर शाहीलाई, बाणिज्य मन्त्रालय रोमी गौचन थकालीलाई, सहकारी तथा गरिवी निवारण मन्त्रालय हृदयराम थानीलाई, सिंचाई मन्त्रालय दिपक गिरीलाई, स्वास्थ्य मन्त्रालय गगनकुमार थापालाई, उद्योग मन्त्रालय नविन्द्रराज जोशीलाई, वन मन्त्रालय शंकर भण्डारीलाई, सामान्य प्रशासन मन्त्रालय केशव कुमार बुढाथोकीलाई दिने निर्णय अनुसार सपथ भएको हो।
काँग्रेस सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समुहका तर्फबाट गरिएको लामो गृहकार्य पछि मन्त्रीहरुको नाम टुङगो लागेको थियो। काँग्रेसका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधी र भौतिक पूर्वाधार मन्त्री रमेश लेखक यसअघी नै नियुक्त भइसकेका छन्।
प्रचण्डले दिए वधाई
मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वधाई दिएका छन्। उनले ट्वीटमा भनेका छन ‘नवनियुक्त माननीय मन्त्रीज्यूहरुमा हार्दिक बधाईका साथ कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’
- हाम्रा कुरा
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्