
काठमाडौँ – एकातिर रामचन्द्र पौडेल विच्कने,अर्काेतिर सत्तासाझेदार दलका अध्यक्षले फोन गरी गरी तर्साउने । त्यही बीचमा मन्त्री नबनाइएका भन्दै आफ्नै गुटकाहरुले कालो अनुहार लगाउने । यस्तै कारण कांग्रेस सभापति शेरबहादुर देउवा अचेल तनावमा छन ।
यही तनावका बीच, बुधवार राती प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोन गरेर अब कति दिन लाग्छ भन्ने प्रश्न गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले प्रचण्डको भनाई उदृत गर्दै भने,‘देउवाजी चार साता वितिसक्यो, विपक्षीलाई यही मसला भइसक्यो नेविसंघको निर्वाचन सकिएको एक साता वितिसक्यो, सरकारले भनेजस्तो काम नै गर्न पाएन, विवाद छ भनेर भएन अब त नाम पठाउनु पर्यो, देउवाजी अति नै भो ।’
जवाफमा सभापति देउवाले रामचन्द्रजीको चित्त बुझाउनको लागि केही समय कुरेको जवाफ दिएका थिए ।प्रचण्ड प्रधानमन्त्री भएपछि तीन पटक मन्त्रीमण्डल विस्तार गर्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन् ।सरकारले पूर्णता नपाउदा मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन् । मधेसी मोर्चाले तत्काल संविधान संशोधनको प्रक्रिया थाल्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन सुरु गरेपनि कांग्रेसले आफ्नो तर्फबाट पाउने ११ मन्त्री छनोट गर्न सकेको छैन् ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्