×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड भन्छन्– एमालेका साथीहरुको आरोप नमीठो लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रचण्ड भन्छन्– एमालेका साथीहरुको आरोप नमीठो लाग्यो

Artha Sarokar

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूले राजनीतिक विषय समेटेर पत्र नलेखेको बताएका छन् ।
प्रचण्डले पत्रको विषयलाई लिएर आफ्नाबारे भ्रमपूर्ण प्रचार गरिएकामा दुःख लागेको बताए ।

नेपालको संविधानमा संशोधन आवश्यक छ या छैन भन्ने विषयको निक्र्यौल नेपाली आफैंले गर्ने भन्दै उनले त्यस्तो विषयमा छिमेकी प्रधानमन्त्रीलाई पत्र लेखेको आधारहीन आरोप नलगाउन विपक्षी एमालेलाई आग्रह गरे ।
प्रधानमन्त्रीले आफ्ना विशेषदूत उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत जाँदा मोदीलाई पत्र लेखेका थिए ।उक्त पत्रले नेपालको आन्तरिक मामिलामा अस्तक्षेप निम्त्याउन खोजेको आरोप एमालेले लगाएको छ ।
‘मैले पत्रमा दुई देशबीचको उच्चस्तरीय भ्रमण र भ्रमणका एजेण्डाबारे मात्र उल्लेख गरेको छु’, ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमका लागि पत्रकार बबीन शर्मासँग शनिबार राति उनले भने, ‘संविधान संशोधन गर्न आवश्यक छ या छैन भन्ने कुराको निर्णय हामीले गर्ने हो, साथीहरुले गरेको प्रचारबाट दुःख लागेको छ ।’

उनले एमालेले आफूविरुद्ध गरेको प्रचारबाजी नमीठो लागेको सुनाए । आधारहीन र झुट प्रचारबाजीले क्षणिक आत्मरती मिले पनि दिर्घकालिन रुपमा एमाले पछुताउने उनको भनाइ थियो । प्रचण्डले आफू प्रधानमन्त्री भएसँगै उत्तर र दक्षिण छिमेकीसँग सन्तुलिन सम्बन्ध कायम गर्न थालेको प्रचारबाट भयभित भएर एमाले गलत प्रचारमा लागेको आरोप लगाए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी