
काठमाडौँ – प्राइम कमर्शियल बैंकले आज आइतबार देखि तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा हकप्रद शेयर बिक्रि खुला गरेको छ। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको हो ।
साउन १८ गतेसम्म कायम शेयरधनीहरुले असोज १६ सम्म हकप्रदका लागी आवेदन दिन सक्ने बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ। इच्छुक शेयरधनीहरुले बिक्री प्रबन्धक सिभिल क्यापिटल र बैंकको शाखा कार्यालयबाट भदौ १२ देखि असोज सम्म हकप्रदका लागी आवेदन दिन सक्ने छन। राष्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकहरुले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने छ। चुक्ता पुंजी बढाउने योजना अनुसार बैंकले हकप्रद निष्काशन गरेको हो।
साथै ८ अर्ब चुक्ता पूँजी पुर्याउने योजना अनुसार बैंकले ४२ करोड चुक्ता पुंजी भएको बिराटनगरको बिराटलक्ष्मी बिकास बैंक र ३३ करोड चुक्ता पुंजी रहेको काभ्रेको कन्ट्री डेभ्लपमेन्ट बैंकलाई किन्ने सम्झौता गरिसकेको छ। हकप्रद वितरणपछी बैंकको चुक्ता पूँजी ४ अर्ब ९४ करोड पुग्नेछ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
गत आर्थिक बर्षमा बैंकले १ अर्ब १२ करोड ८२ लाख रुपैयाँ नाफा गरी अर्ब क्लबमा प्रवेश गरेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा करिव ५२ प्रतिशतले नाफा बढाएको हो। यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ३०.४५ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २४ दशमलव ५० गुणा, प्रति शेयर नेटवर्थ १ सय ४६ दशमलव ३९ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ८३ प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्