Skip to content
LAXMI SUNRISE BANK

नयाँ कोर्सको परीक्षामा पुरानोको प्रश्नः बीए अंग्रेजीको परीक्षामा यस्तो गल्ती

अर्थ सरोकार


काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानविकी संकाय अन्तर्गत स्नातक तह प्रथम वर्ष अंग्रेजी विषयको आइतबार भएको परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको छ। अंग्रेजी विषयको प्रश्न नम्बर ५ को १० अंकभार रहेको प्रश्नमा टिएच हक्सलेको ‘वि अल आर साइन्टिस्ट’ अथवा लुस्ले फेल्टचरको ‘सरी रङ् नम्बर’ भन्ने पाठबाट प्रश्न सोधिएको छ।
 त्यस्तै प्रश्न नम्बर ७ को अथवामा आएको ओस्कार वाइल्डको ‘द सेल्फिस जाइन्ट’ पाठबाट अंकभार १० रहेको प्रश्न सोधिएको छ। तर नयाँ पाठ्यक्रम अन्तर्गतका विद्यार्थीले यी पाठको अध्ययन गर्दैनन्। यी प्रश्न पुरानो पाठ्यक्रमबाट लिइएका हुन्। पुरानो पाठ्यक्रम अन्तर्गतको ‘जोयस् अफ रिडिङ’ किताबबाट प्रश्न सोधिएपछि विद्यार्थी अन्यौलमा परेका थिए।

  • थाहा खबर 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK