
काठमाडौं – पुरातत्व विभागले रानी पोखरी निर्माणको कार्य तत्काल रोक्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ । विनाशकारी भूकम्पपछि भत्किएको रानी पोखरीको पुर्ननिर्माण कार्य महानगरपालिकाले गरिरहेको थियो । मापदण्ड विपरित निर्माण कार्य भएपनि रोक्न, र बनाइएका संरचना भत्काउन निर्देशन दिएका हौ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने ।
तर पुरातत्व विभागले मापदण्ड विपरित र आधुनिक कच्चा पदार्थ प्रयोग गरी रानी पोखरी निर्माण कार्य थालिएको भन्दै आपत्ति जनाएको छ । पुरानै शैलीमा बनाउने गरी मापदण्ड तयार भएपनि महानगरपालिकाले सिमेन्टको पिलर, बालुवा र गिठ्ठी प्रयोग गरेको भन्दै रोक्न निर्देशन दिएको छ । पुरानै शैलीमा नबनाए रानी पोखरीको मौलिकता हराउने दावी पुरातत्व विभागले गरेको छ ।
रानीपोखरीकोबीचमा रहेको मन्दिर निर्माणमा महानगरपालिकाले सिमेन्टको पिलर राखेको छ । तर मापदण्डमा इटाको पिलर बनाउनु पर्ने उल्लेख गरिएको छ । मन्दिर पुरानै शैलीमा बनाउनु पर्ने भएपनि महानगरपालिकाले आधुनिक रुपमा निर्माण कार्य थालेको छ ।
करिव ११ करोडको लागतमा काठमाडौं महानगरपालिकाले निर्माण कार्य थालेको थियो । भाइटिकाको दिनसम्म पुर्ननिर्माणको काम सकि सर्वसाधरणकाका लागि खुल्ला गर्ने योजना महानगरपालिकाले बनाएको थियो । राज्यका दुई निकायको विवादले पुर्ननिर्माणको काम सोमबारदेखि रोकिएको छ । सोमबार पुरातत्व विभागले महानगरपालिकालाई निर्माण कार्य रोक्न निर्देशन दिँदै लिखित पत्राचार गरेको थियो ।
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्