Skip to content
LAXMI SUNRISE BANK

दाजुसँगको पैसाको रिसीविका कारण महिनावारी भएकी १५ वर्षकी भतिजीलाई बलात्कार गरि फरार अभियुक्त पक्राउ गरिदिन आग्रह

अर्थ सरोकार

 

धनकुटा – धनकुटामा एक युवकले महिनावारी भएकी १५ बर्षीय आफ्नै भतिजीलाई बलात्कार गरी फरार भएका छन् ।  धनकुटाको चानुवा गाबिस २ का जित बहादुर बिकले भदौ ४ गते सोही ठाउँकी आफ्नै १५ वर्षकी भतिजि नाता पर्ने रस्मिता विक (नाम परिवर्तन) लाई घरमा कोहि नभएको मौका छोपी बिहानको करिब ९ बजे तिर पानी खाने निहुमा घरमा पसेर बलात्कार गरेको बताइएको छ ।
महिनावारी भएकी भतिजीको मुखमा कपडाको बुजो हालेर बलात्कार गरेको बलत्कृत किशोरीले बयान दिएकी छिन् । बालिकाका अनुसार घरमा आएर तेरो बाउले कमाएको पैसा कहाँ राखेको छ भन्दै धम्काएको र नियन्त्रण लिएर बलात्कार गरेको बताएकी छिन् । 
बलात्कारपछि विकले कसैलाई भनेमा परिवारकै ज्यान लिने धम्की दिएका थिए । फेरी बलात्कार गर्ने धम्की दिएर गएका विकको बारेमा बालिकाले पिडा सहन नसकी आमासँग भनेपछि मात्र घटनाको रहस्य खुलेको हो । किशोरी अहिले उपचारका लागी धनकुटाको एक अस्पताल छिन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK