×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मेला हिडेको जँड्या जस्तै’ तीन दलको बैठकमा निधि र रावल भिडे, एक अर्कालाई दलालको संज्ञा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘मेला हिडेको जँड्या जस्तै’ तीन दलको बैठकमा निधि र रावल भिडे, एक अर्कालाई दलालको संज्ञा

१४ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावलबीच तीन दलको बैठकमै चर्काे विवाद भएको छ । बैठकमा गृहमन्त्री निधिले रावललाई पश्चिमा मुलुकको दलाल भनेपछि चर्काे विवाद भएको हो । 
निधिको आरोपमा रावलले कडा प्रतिवाद गर्दै उनलाई पनि भारतीय दलालको संज्ञा दिए । संविधान कार्यान्वयन र बजेट पारितको बिषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन दलको बैठक बोलाएका थिए । बैठकमा कांग्रेसको प्रतिनिधित्व निधिले गरेका थिए भने एमालेबाट रावल सहभागि थिए । बैठक चलिरहेका बेला रावलले निधि भारत भ्रमणमा जाँदा संविधान संशोधनका बिषयमा कुरा गरेको प्रसंग निकाले । भारतीय दूतावासको बिज्ञप्ती रावल पढ्न मात्र के लागेका थिए निधिले आक्रमण सुरु गरिहाले । 
स्रोतका अनुसार रावलले भारतीय नेताहरुसँग नेपालको संविधान संशोधनका बिषयमा किन कुरा गरेको भन्दै निधि र दाहाल सरकारको आलोचना गरे । त्यही बेला निधिले ‘तपाईलाई पनि विदेशीले लगानी गरेका छन्, किन ठुला कुरा गर्नु परयो’ भन्दै रावललाई आरोप लगाए । 
तत्कालै रावलले जवाफ दिए ‘जिम्मेवार ठाउँमा बसेको ब्यक्ति जिम्मेवार हुनु पर्दछ, मलाई कुन शक्ति र विदेशीले लगानी गरेको छ प्रमाण देखाउनुस्’ रावल आक्रामक बने । त्यसपछि निधिले रावलमाथी विदेशीले लगानी गरेको आफुसँग प्रमाण भएको बताए । त्यही क्रममा रावल आफ्नो सिटबाट उठेर निधितर्फ अगाडी बढे । निधिपनि आफ्नो कुर्सिबाट उठे । ‘दुई नेताबीच झण्डै हात हालाहालको अवस्था शिर्जना भएको थियो’ स्रोतले भन्यो ‘प्रधानमन्त्री र कांग्रेस नेता रामचन्द्र पौडेलले दुवै जनालाई रोके ।’
 रावलले बैठकमा भारतस्थित नेपाली दूतावासले निकालेको बिज्ञप्ती र निधिले संसदमा दिएको जवाफ विपरित भएको जिकिर गरिरहेका थिए । त्यसपछि निधि पनि आक्रामक हुँदै आफ्नो पदिय पर्यादा बिर्सेका थिए । ‘दुवै जना मेला हिडेका जड्या जस्तै लडाईमा उत्रे’ स्रोतले भन्यो । दुई नेताबीच विवाद भएपछि बैठक अगाडी बढ्न सकेन । एमाले नेताहरु बैठक छोडेर बाहिरिएका छन् । प्रधानमन्त्री दाहालले निधिबाट गल्ती भएको बताउँदा पनि एमाले नेताहरु बाहिरिएको स्रोतले बतायो ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: