×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय राजदूत हेलिकोप्टरबाट मनाङमा ?

PRIME CA
GLOBAL IME BANK

भारतीय राजदूत हेलिकोप्टरबाट मनाङमा ?

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेंसीशहर – नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुगेका छन् ।

भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा राजदूत राय मनाङ पुगेका हुन् ।

हेलिकप्टरबाट उनी बिहान १०:४५ बजे माथिल्लो मनाङ पुगेका हुन् । राजदूत राय विकट गाविस फू गाउँमा ओर्लने कार्यक्रम भए पनि खराब मौसमका कारण माथिल्लो मनाङमा अवतरण गराइएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए ।

राजदूत रायले भ्रमणका क्रममा ‘आइसलेक’, ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गङ्गापूर्ण पुग्नेछन् भने भारतीय दूतावासको सहयोगमा तीन वर्षदेखि करिब तीन करोडको लगानीमा मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको अवलोकन गर्नेछन् ।

मनाङ चीनको स्वशाशित प्रदेश तिब्बतसँग जोडिएको जिल्ला हो । आफ्नो सीमासँग जोडिएका नेपालका जिल्लाहरुमा हुने भारत, अमेरिका लगायतका देशहरुको लगानीबाट चीन झस्किने गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: