Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीले मोदीलाई पठाएको पत्र सदनमा पेश गर्न माग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलई पठाएको पत्र संसदमा पेश गर्न संसद मै आवाज उठेको छ । एमाले सांसद भीम रावलले प्रधानमन्त्रीका विशेष दूत एवंम् उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पत्र सदनमा पेश गर्न माग गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष समेत रहेको रावलले संसदको बैठकमा विशेष समय लिएर बोल्दै पत्र पेश गर्न माग गरेका हुन् ।  आफ्नो भनाई राख्दै उनले भने ‘नेपालको संविधान संयुक्त राष्ट्रसंघको पञ्चशिलका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने व्यवस्था छ। तर, प्रधानमन्त्रीले संविधान संशोधनको विषयमा भारतीय प्रधानमन्त्रीलाई पत्राचार गरेका समाचार आएको छ। 
यो हाम्रो संविधान र जनताको भावना विपरित छ।’ उनले बिशेष दुत पठाउनुको समय र औचित्यमा समेत प्रश्न गरे। उनले भने ‘ अन्तर्राष्ट्रिय कूटनीतिक सिद्धान्त अनुसार कुनै पनि देशबीचको सम्बन्धमा अत्यन्त असहज परिस्थिति उत्पन्न भएमा त्यसको समाधानका लागि विशेष दूत पठाएर सम्बन्ध सुधार गर्ने परम्परा रहेको छ, अहिले कुन त्यस्तो अप्ठ्यारो पर्‍यो र अन्तर्राष्ट्रिय मान्यता विपरित उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा पठाउनु पर्यो?’ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK