×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीसँगको भेटमा पूर्व सांसदहरुले गरे सेवा, सुविधाको माग

PRIME CA
GLOBAL IME BANK

प्रधानमन्त्रीसँगको भेटमा पूर्व सांसदहरुले गरे सेवा, सुविधाको माग

१५ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व सांसादहरुलाई आफ्नो अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गरेका छन्  । आज विहान पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटारमा आएको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले देशको विकास र राजनीतिक स्थिरताका लागि आफ्नो ठाउँवाट आवश्यक भुमिका खेल्न पूर्व सांसदहरुलाई आग्रह गरेका हुन्  ।
भेटमा पूर्व सासंद मंचले पूर्व सांसदहरुलाई सेवा, सुविधा र मर्यादा दिन माग गर्दै लिखित माग बुझाएका थिए । प्रधानमन्त्रीले पूर्व सांसदको समाजमा मर्यादाका विषयमा आफू सकारात्मक भएको भन्दै सेवा र सुविधाका विषयमा भने ऐनकै आवश्यकता पर्ने भएकाले यो विषयलाई अन्य पक्षहरुसँगसमेत छलफल गर्ने बताए  ।
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: