काठमाडौँ – प्रचण्ड नेतृत्वको सरकारमा हालसम्म एक जना मात्र महिलामन्त्री नेतृत्वमा पुगेकीछिन । उनी हुन नेपाली काग्रेंसको कोषाध्यक्ष सीतादेवी यादव । तेह्रौ महाअधिवेशनमा देउवा क्याम्पका चित्रलेखा यादवलाई हराएर कोषाध्यक्षमा चुनिएकी थिइन ।
र,संयोग यस्तो परेको छ । माओवादी सशस्त्र संघर्ष चर्केको बेला २०५७ मा सीतादेवी यादवका पति चन्द्रनारायण यादवको हत्या भएको थियो । हत्या गर्ने समूहका सर्वोच्च कमान्डर थिए प्रचण्ड ।
घटनाक्रमले अहिले सीतादेवी तिनै प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी छन् उनै सीतादेवी । त्यो पनि उनको भागमा मन्त्रालय परेको छ शान्ती तथा पुर्ननिर्माण मन्त्रालय ।
उनका श्रीमान् चन्द्रनारायण सिराहा कांग्रेसका सभापति थिए । श्रीमानको हत्यालगत्तै सीतादेवीलाई पार्टीले जिल्ला सभापति बनायो । त्यसपछि उनी दुई कार्यकाल सभापतिमा चुनिइन् । त्यतीबेला देशभरकै कांग्रेसको उनी मात्र एक्ली महिला सभापति थिईन । त्यसपछि तीन कार्यकाल सभापतिको भूमिका निर्वाह गरिन् । स्रोतका अनुसार,सीतादेवीको माइती भारतको मधुवनीस्थित पद्मागाउँ हो । उनीसंँग वैवाहिक अंगीकृत नागरिकता छ । उनी भारतमै जन्मिएर हुर्किएकी हुन् । नेपालमा विवाह गरेर आएपछि उनले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेकीहुन ।
०६४ को संविधानसभा निर्वाचनमा उनलाई पार्टीले सिरहाबाट उम्मेदवार बनायो । पहिलो संविधानसभो निर्वाचनमा हार बेहोरेकी यादवले दोस्रो संविधानसभा निर्वाचनमा राम्रै मत ल्याएर जितिन ।
घात र प्रतिघातको श्रृंखला उनको जीवनमा यतिमै टुंगिदैन,नेपाली काग्रेंसको १२ औं महाधिवेशनमा उनी अन्तरघातमा परिन । उनले एकजना द्वन्द्वपीडितलाई तीन वर्षदेखि घरमै पालेर राखेकी थिईन । जिल्ला सभापति चुनिएको अघिल्लो दिन उसले विरोधीसंँग लागेर उम्मेदवारी घोषणा गरिदियो ।
  • एस काठमाडौँ