×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसपीलाई मासिक ८० हजार घुस !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एसपीलाई मासिक ८० हजार घुस !

११ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सरकारले व्यवसायीलाई र व्यवसायीले सरकारलाई गाली गरेर मात्र यातायात क्षेत्रको समस्या समाधान नहुने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले बताएका छन् ।
उनले ऐन नियमको परिधिमा रहेर स्वच्छ व्यवसायीक प्रतिस्पर्धा गर्न व्यवसायीलाई आग्रह गरे । ‘स्वच्छ व्यवसायीक प्रतिस्पर्धा गर्नुहोस्, उनले भने, प्रतिस्पर्धामा आए भनेर आन्दोलन गर्न जरुरी छैन’ उनले प्रतिस्पर्धि आउदा सेवामा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।
गण्डकी ट्रक व्यवसायी संघको नयाँ कार्यसमितिलाई सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संगै व्यवसाय गर्ने र जनतालाई केन्द्रमा राखेर काम गर्ने भएकाले एक अर्कामा लाल्छना लगाउन जरुरी नरहेको उल्लेख गरे ।
यातायात क्षेत्रमा सिण्डिकेट कायम गर्ने र तोड्ने दुवै मामलामा जिल्ला स्थित सिडओ र एसपीलाई मुछ्ने गरिएको भन्दै उनले आक्रोस पोखे ।
‘सिण्डिकेट कायम राख्नका लागि व्यवसायीसंग सिडिओले १ लाख र एसपीले ८० हजार खान्छन् भनेर आरोप लगाएको सुनेको छु, यसका लागि व्यवसायीले भलाईकोष भनेर रकम उठाउने र खुवाउने गरेका समेत चर्चा गरिएका छन्, उनले आक्रोसित हुँदै भने, ‘मैले यस्तो रकम लिएको कसैले प्रमाणित गर्न सक्छ भने म तत्काल बर्दि फुकाल्न तयार छु, कुनै अमुक व्यक्तिलाई देखाएर सिंगो संगठनलाइ मुच्छ्ने प्रवृत्ति ठिक होइन ।’
जनताले अहिले सुरक्षित यात्राको माग गरेको उनले बताए । ‘जनसेवाको भावनाले काम गरौं, ब्यवसायीक मर्यादा कायम गरौं ।’ उनले भने । समाधान दैनिकमा खबर छ । उनले नयाँ संस्था विन्ध्यबासिनी यातायात व्यवसायीलाई भाइको व्यवहार गरेर व्यवसायीक मर्यादा सिकाउन समेत आग्रह गरे । पोखराको यातायात क्षेत्र सुधार्न सिडिओ, यातायात कार्यालयको प्रमुख अनि आँफु सक्षम रहेको चर्चा गर्दै उनले कुनै सरकार परिवर्तन वा राजनीतिक प्रभावमा नपर्ने प्रष्ट पारे । त्यसका लागि व्यवसायीलाई खुल्ला भएर छलफलमा जुट्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले दुर्घटनालाई व्यवस्थापन गर्नु र पेशालाई संरक्षण गर्नु आजको दायित्व भएको उल्लेख गरे । उनले सवारीसाधन थप्दा आवश्यकताको पहिचान हुन जरुरी रहेको बताए । ‘हाम्रो सडक कस्तो छ, कति जनसंख्या छ, अनि त्यसका लागि आवश्यक साधन कति हो भन्ने निक्र्योल आबश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष तेजनारायण निमिल्सिना, निवर्तमान अध्यक्ष लीला बराल लगायतले बोलेका थिए । निर्वाचन अधिकृत अधिवक्ता दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यातायात सम्बद्ध व्यवसायी तथा मजदुरहरुको समेत उपस्थिति थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: