×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुजुकीको गाडी खरिदमा ठगी ! बुकीङ गर्दा एउटा मूल्य, किन्न जाँदा बढी पैसा ! (हेर्नुहोस् प्रमाण)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुजुकीको गाडी खरिदमा ठगी ! बुकीङ गर्दा एउटा मूल्य, किन्न जाँदा बढी पैसा ! (हेर्नुहोस् प्रमाण)

७ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बुक गर्दाको समयमा तोकेकै मुल्यमा गाडी लिन खोज्दा थापाथलीमा रहेको कर्ण मोटर कम्पनी प्रालीले एक ग्राहकलाइ गाडी नदिएको खुलासा भएको छ । सुरुमा तोकिएको मूल्यमा कम्पनीले सुजुकीको गाडी नदिएपछि यस्तो रहस्य खुलेको हो । गत जेठ २५ गते बेलेनो ड‍ेल्टा १२ सय सिसीको कार ५ हजार रुपैयाँ तिरेर राधिका खड्काले गाडी बुकीङ बुकिङ गरेकी थिइन् । तर तोकिएको मूल्य भन्दा बढी पैसा मागेको र पूरानो मूल्यमा गाडी दिन नसक्ने बताएको उनको भनाइ छ । 
भनिन्छ एउटा, गरिन्छ अर्को :
‘थापाथलीमा रहेको बिक्री कक्षका राजकुमार दाहालले गाडीको मूल्य २८ लाख ७९ हजार पर्नेमा १ लाख ५० हजार छुट गर्दै २७ लाख २९ हजारमा उपलब्ध गराउने गरी सहमति गरेका थिए । मैले गाडीको मूल्य घटबढ भएको अवस्थामा के गर्ने भनी प्रश्न गर्दा दाहालले पुरानै मूल्यमा उपलब्ध गराउने भन्दै आफ्नो नम्बर र गाडीको अन्तिम मूल्य २७ लाख २९ हजार मात्र हुने भनेर रसिदको पछाडि लेखेर दिएका थिए । तर अहिले भने गाडी लिन जाँदा ८० हजार रुपैयाँ थप्नु पर्ने भन्दै आफूलाई गाडी नदिएको उनको भनाइ छ।’ गाडी बुक गरेकी राधिका खड्काले भनिन् । 
उपभोक्ता हित संरक्षण मञ्चमा उजुरी 
उनले यसबारे उपभोक्ता हित संरक्षण मञ्चमा उजुरी दर्ता गराएकी छिन् । आफुलाई गाडी बुक गर्न लगाएर पछी बढी मूल्य मागिएको भन्दै उनले उजुरी दर्ता गरेकी छिन् ।  मञ्चका अध्यक्ष ज्योति बानियाँले यस उजुरी उपर उपभोक्ता हित संरक्षण ऐन २०५४ को कानुनी प्रवाधन अनुरुप आफूहरु अगाडि बढिने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: