×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिशालबजारमा आजबाट तीज फेष्ट सुरु, निशुल्क फोटो शुट, र हेयर कटिङ, मेहेन्दी पनि सित्तैमा लगाउन पाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिशालबजारमा आजबाट तीज फेष्ट सुरु, निशुल्क फोटो शुट, र हेयर कटिङ, मेहेन्दी पनि सित्तैमा लगाउन पाइने

८ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ –  आजबाट विशालबजारमा तीजको मेला लागेको छ । नेपाली नारीहरुको महान चाड तीजको अवसरमा बिशाल बजारको माथिल्लो तल्लामा यस्तो मेला आजबाट सुरु हुने भएको हो । 
राइजिङ नेपाल प्रा.लि. र सासा इभेन्टको संयुक्त आयोजनामा ज्याश्मिन हाइजिन प्रोडक्ट (सेफ्टी), विशाल बजार व्यवस्थापन, विन बहुउद्देश्य कोअपरेटिभ र बिशाल बजार ब्यापार संघको सहकार्यमा सुरु भएको बेला आजदेखि भाद्र ८ देखि ११ गतेसम्म चल्नेछ ।
मेलाबारे राईजिङ्ग नेपाल प्रा. लि. का प्रबन्ध निर्देशक पशुपति के .सी ले महिला दिदबहिनीहरुको श्रृजना तथा उद्यमशिलतालाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप तीज किनमेल मेलाको आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार आजबाट सुरु भएको मेलामा महिला दिदीबहिनीहरुको लागि चाहिने सम्पूर्ण सामग्रीहरुको बृहत प्रदर्शनी हुने छ् भने  तीज कल्चर उत्सव कार्यक्रम पनि संचालन हुनेछ ।
के के छन् आकर्षण ?
आयोजकका अनुसार मेलामा तीज फेसन शोदेखि निशुल्क फोटो शुट लगायतका विभिन्न कार्यक्रम पनि राखिएको छ । आयोजकले मेलामा निम्नानुसारको आकर्षक रहेको बताएको छ ।  

  • तीज विशेष सामग्रीहरुको प्रदर्शनी
  •  तीज फेशन शो
  • तीज निबन्ध प्रतियोगीता,
  • महिलाहरुको लागि निस्शुल्क फोटो सुट,
  • तीज विशेष सांस्कृतिक कार्यक्रम
  • तीज फुड फेस्टिवल
  • निल्क हेयर कटिङ
  • ब्युटी पार्लर सम्बन्धी निस्शुल्क परामर्श
  • नारी सम्मान कार्यक्रम
  • तीज विशेष खुल्ला गायन प्रतियोगिता
  • सफल महिला उद्यमीहरुसंग विशेष अन्र्तक्रिया
  • निःशुल्क मेहेन्दी
  • साथमा अन्य विशेष प्रस्तुतीहरु

‘यो कार्यक्रमले सबै महिला दिदीबहिनीहरुलाई समेट्दै हाम्रो संस्कृतीलाई अझ नजिकबाट बुझ्ने र संरक्षण गर्ने कुरामा हामी बिश्वस्त छौं। ‘ के सी भने । हाम्रो यो अभियान आगामी दिनहरुमा देशव्यापी बनाउँदै लाने कुराको समेत जानकारी गराए ।
यो ईभेन्टमा ६० वटा भन्दा बढी तीज विशेष सामग्रीहरुको स्टलहरु रहनेछन् भने ३० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: