×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन जवका नाममा यस्तो ठगीधन्दा ! कलंकीस्थितइन्टरनेसनल आइटी नेपाल प्रालिका संचालक पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अनलाइन जवका नाममा यस्तो ठगीधन्दा ! कलंकीस्थितइन्टरनेसनल आइटी नेपाल प्रालिका संचालक पक्राउ

११ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – पछिल्लो समय अनलाइनमा काम गर्ने चलन बढ्दो छ । हरेक व्यवसायहरु अनलाइनकारण भइरहेका छन् । तर अनलाइनका नामा ठगीधन्दा पनि मौलाएको छ । अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने रायन राय भन्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही जमुनिया– २ घर भएका रायले अनलाइन जागिरमा लगाई आकर्षक तलब तथा भाडा खर्च, खाजा खर्चकोसमेत व्यवस्था गर्ने प्रलोभनमा ११ जनाबाट रु १६ हजार लिई बिनातलब छ महिनासम्म काम लगाएका थिए । पीडितले पटकपटक तलबको माग गर्दा आलटाल गर्दै झुलाइरहेपछि उनीहरुले आफूहरु ठगिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
कलङ्कीमा इन्टरनेसनल आइटी नेपाल प्रालि नामको अफिस सञ्चालन गरी उनले विभिन्न पत्रपत्रिकामा विज्ञापन निकाली ठगी गर्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: