×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिजो बस खसेकै ठाउँबाट आज ट्रक खस्यो, ७ यात्रुसहित ट्रक त्रिशूलीमा

LAXMI SUNRISE BANK
GLOBAL

हिजो बस खसेकै ठाउँबाट आज ट्रक खस्यो, ७ यात्रुसहित ट्रक त्रिशूलीमा

११ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरेमा शनिबार फेरि सवारी दुर्घटना भएको छ । ना३ख ४५५६ नम्बरको ट्रक बिहान करिब ५बजेको समयमा सडकबाट त्रिशूलीमा खसेको हो । दुर्घटनामा तीन बालकसहित सात घाइते भएका छन् ।

उनीहरुलाई उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको चितवन प्रहरीले जनाएको छ । बालुवा लोड गरिएको ट्रक हेटौंडाबाट काठमाण्डु आउँदै गर्दा त्रिशूलीमा खसेको हो ।
सडकको खराबीका कारण अनियन्त्रित भई ट्रक नदीमा खसेको हुन सक्ने आशंका प्रहरीको छ । रौतहट सदरमुकाम गौरबाट पोरखा जाँदै गरेको बस शुक्रबार मात्र सोही स्थानबाट त्रिशूलीमा खस्दा २२ यात्रुको मृत्यु हुनुकासाथै १६ घाइते भएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी