×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचतारे होटलको लिफ्टमा भिभिआइपि माथि आइलागेको संकट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाँचतारे होटलको लिफ्टमा भिभिआइपि माथि आइलागेको संकट

१४ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – राजधानीको पाँचतारे होटलमा भिभिआइपि माथि संकट आइलाग्यो सोमवार बिहानै । भयो के भने,सोमबार  याक एण्ड यति होटलमा स्काउट एसिया प्रशान्त क्षेत्रीय संगठनको १२ औ सम्मेलनको भव्य समारोह हुन गइरहेको थियो ।
समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्या देवी भण्डारीलाई आमन्त्रित गरिएको थियो । शितलनिवासबाट राष्ट्रपति विद्या देवी भण्डारी बिहान ११ बजे कार्यक्रम स्थलमा पुगिन् ।
तर,एउटा असोभनीय दृश्य घट्न पुग्यो घटना स्थलमा । उनी कार्यक्रम स्थलमा पुग्न दुइ तला माथि लिफ्ट चढेर जानुपर्ने थियो । जव राष्ट्रपति भण्डारीले लिफ्टमा  चढिन् । उनी बिच बाटैमा पुग्न नपाउँदै विजुलीको लाइन गयो । बाहिर सुरक्षा कर्मीको भिड लाग्यो । झण्डै एक मिनेट उनी लिफ्टमा अड्किइन् । तत्काल प्राविधिक बोलाइयो अनि भुईमा झार्ने काम गरियो । फेरी आपत, लिफ्टबाट खुट्टा बाहिर निकाल्न नपाउदै लिफ्टको बत्ति बल्यो र फेरी उनी लिफ्ट बाटै कार्यक्रम स्थलमा पुगिन् ।
कार्यक्रम स्थलमा पुगेको केही समय पश्चात् आफ्नो मन्तव्य राखिन् । मन्तव्यका क्रममा उनले पहिला नेपालमा स्काउट एसिया प्रशान्त क्षेत्रीय संगठनको समारोह भएकोमा खुशी व्यक्त गर्दै स्काउटमा महिलाको सहभागिता बढाउनुपर्ने जोड दिइन् ।
विशेषगरी महाभूकम्प  गएको बेलामा स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उनले त्यस समयमा स्काउटले खेलेको भूमिकालाई प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरिन् ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी