
काठमाण्डौ – विश्वको जोकोही व्यक्ति धन्न बन्न चाहन्छ । तर, सही जानकारी र सटिक रणनीतिको अभावमा सबै व्यक्तिको धनी बन्ने सपना पूरा हुँदैन । तर, एक व्यक्ति यस्ता पनि छन् जो लगानीकोे बादशाहको रुपमा परिचित छन् । विश्वले यिनको रणनीतिलाई अचूक औषधि ठान्छ । तर, के तपाईंलाई थाहा छ कि वारेन बाफे कस्ता किताब पढेर लगानीको मन्त्र सिक्छन् होला ? आज वारेन बफे(ट)को जन्मदिन हो, उनको जन्मदिनमै हामीले तपाईंलाई उनले कस्ता–कस्ता किताब पढेर लगानी गर्न सिकेका थिए वा उनलाई मन पर्ने पुस्तक कुन कुन हुन भन्ने महत्वपूर्ण जानकारी विदेशी मिडिया रिपोर्टका आधारमा दिन गइरहेका छौ । उनको यो जानकारीबाट तपाईंले पनि काफी फाइदा उठाउन सक्नुहुनेछ ।
द इन्टेलिजेन्ट इन्भेस्टर
बेञ्जामिन ग्राहमले लेखेको किताब ‘द इन्टेलिजेन्ट इन्भेस्टर’लाई वारेन बफे आफ्नो करिअरका लागि पथ प्रदर्शक ठान्छन् । बफे(ट)का अनुसार यदि तपाईंले लगानीबाट कमाउन चाहनुहुन्छ भने निकै धेरै अध्ययनशील हुन आवश्यक हुन्छ । एक अन्तर्वार्ताको क्रममा बफेले भनेका थिए कि उनी एकदिनमा कसमेकम ५ सय पृष्ठ पढ्छन । बफे(ट)का अनुसार बेञ्जामिन ग्राहमको यो किताब पढेपछि उनले लगानीका कयौं मन्त्रहरु सिके, यसको सोझो फाइदा उनको पोर्टफोलियोलाई भयो ।
कमन स्टक्स एण्ड अनकमन प्रोफिट्स
फिलिप ए फिशरले लेखेको किताब ‘कमन स्टक्स एण्ड अनकमन प्रोफिट्स’ बफेको दोश्रो मनपर्ने किताब हो । बफे(ट)का अनुसार लगानीको क्षेत्रमा यहाँसम्म आउनका लागि यही किताबले मुख्य भूमिका निर्वाह गरेको छ । फिशरले यो किताबमा लेखेका छन् कि सेयर छनौट गर्ने र त्यसलाई खरीद गर्दा तपाईंले के के कुरामा ध्यान पुर्याउनुपर्छ । यो किताबमा सेयरको विशेषता र लगानी गर्दा ध्यान दिनुपर्ने साना–साना कुराहरुमाथि पनि विश्लेषण गरिएको छ । यो किताबमा स्पष्ट भनिएको छ कि तपाईंले त्यस्तो कम्पनीको सेयर छान्नुपर्छ, जसको आम्दानी, लाभांश, बुकभ्यालू र पूँजी पर्याप्तता निकै मजबुत होस् ।
इजी इन पस्र्वैसन
वारेन बफे(ट) सेयर बजारसँग सम्बन्धित किताब मात्र पढ्छन भनेर सोच्नु गलत हो । जोन मेनार्डले लेखेको किताब ‘इजी इन पस्र्वैसन’ पनि वारेन बाफेको मनपर्ने किताब हो । यो किताबमा रुस र जर्मनको अर्थव्यवस्थाको बिषयमा चर्चा गरिएको छ । यो किताबमा भनिएको छ कि सन् १९१९ देखि १९३१ को अवधिमा यी दुई देशले कसरी मुद्रास्फिति नियन्त्रणमा सफल रणनीति अपनाए । बफेले यो किताबलाई एक उदाहरण मानेर आफ्नो जीवनका कठिनाईहरुलाई अवसरमा बदल्ने सीप प्रयोगमा ल्याए र सफल भए ।
क्ल्यास अफ कल्चर्स
जोन बोगलेले लेखेको किताब ‘क्ल्यास अफ कल्चर्स’ पनि बफे(ट)लाई मन पर्ने किताबमध्येको एक हो । बफे(ट)ले यो किताबबाट यति धेरै कुरा सिके कि, सन् २०१२ मा आफ्नो कम्पनीको वार्षिक साधारणसभामा सेयरहोल्डरहरुलाई समेत यो किताब पढ्न सल्लाह दिए । बफेले आफ्नो सेयरहोल्डर पत्रमा यो किताबलाई उल्लेख गर्दै लेखे कि लगानीको क्षेत्रमा कसरी कल्चरको पनि आफ्नो योगदान महत्वपूर्ण हुन्छ ।
स्ट्रेस टेस्ट : रिफ्लेक्सन अन फाइनान्सियल क्राइसिस
यो किताबलाई अमेरिकी ट्रेजरी विभागका पूर्व सचिव टिम गिथनरले लेखेका हुन् । बफे(ट)का अनुसार यो किताब पढेपछि उनलाई फाइनान्सियल स्ट्रेसबाट कसरी पार पाउने भन्ने महत्वपूर्ण ज्ञान प्राप्त भयो । कसरी तपाईंको फाइनान्सियल क्राइसिसले तपाईंको स्ट्रेस लेभललाई प्रतिबिम्बित गर्छ, यो किताबमा यस्तै अनौठा विश्लेषणहरु समेटिएका छन् । यो किताबमा यस्तो समस्या कसरी टार्ने भन्ने बिषयमा पनि अजब–गजबका आइडियाहरु दिइएको छ ।
विजिनेश एडभेचर्स
वारेन बफे(ट)को लगानी रणनीतिलाई विश्वले नै अचूक सूत्र मान्ने गर्छ । अझ उनको सेयर बजारमा लगानीको टिप्सका लागि त विश्वभरिकै सेयर लगानीकर्ता प्यासी छन् । कुनै समय विश्वकै धनी बिल गेट्सले वारेन बफे(ट)लाई सोधे–‘विजिनेशमा आधारित भएर लेखिएको कुनै राम्रो किताबको नाम भनिदिनुहोस् ।’ त्यसपछि बफे(ट)ले गेट्सलाई ‘विजिनेश एडभेचर्स’को नाम भनिदिए । यो किताबमा अमेरिकी सेयर मार्केट वाल स्ट्रीटको १२ वटा अलग–अलग कथा समेटिएका छन्, जहाँ यो दर्शाइएको छ कि मानिस कसरी आफ्नो अवस्थालाई आफू अनुकुल ढाल्न सक्छ । बफे(ट)ले भनेकै कारण जब बिल गेट्सले यो किताब पढे, तब उनले भनेका थिए कि यो नै उनको जीवनको त्यसबेलासम्मको सबैभन्दा उत्तम किताब हो ।
- बिज़शाला डट कम
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्