×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिका जान पूर्वराष्ट्रपतिले मागे सरकारसँग एक करोड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अमेरिका जान पूर्वराष्ट्रपतिले मागे सरकारसँग एक करोड

९ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – पूर्वराष्ट्रपति डा. रामबरण यादवले अमेरिका जान सरकारसँग एक करोड रकम मागेका छन् । प्रोस्टेट ट्यूमर (पिसाव सम्बन्धी समस्या) बाट ग्रसित यादवले उपचारका लागि एक करोड रकम उपलब्ध गराईदिन सरकारसँग माग गरेका हुन् ।

प्रोस्टेट ट्यूमरको उपचार गर्न यादव तीन साताअघि दिल्ली पुगेका थिए । दिल्लीमा भरपर्दा उपचार हुन नसकेपछि थप उपचारका लागि उनी अमेरिका जान चाहेका छन् । अमेरिकामा उपचार र डेढ महिना बसाईका लागि एक करोड रकम आवश्यक पर्ने भन्दै यादवले सरकारलाई पत्र पठाएका छन् ।
बुधबार यादवको पत्र बोकि उनका स्वकीय सहायक किरण पन्थी मुख्य सचिव सोमलाल सुवेदीलाई भेट्न सिंहदरवार पुगेका थिए । सिंहदरवारमा उनले पूर्वराष्ट्रपतिको पत्र बुझाएका छन् । पूर्वराष्ट्रपतिको पत्रमा ‘नेपालमा उपचार हुन सक्ने अवस्था नभएका कारण अमेरिका जानु पर्ने बाध्यता भयो  सेप्टेम्वर दोस्रो सातामा अस्पतालको समय पनि मिलाइएको छ । आवश्यक पर्ने एक करोड रकम सरकारका तर्फबाट उपलब्ध गराई पाएँ ।’
यादवले छोरी अनिता, सरक्षाकर्मी र ४ सहयोगि आफुसँग लिने योजना पनि सरकारलाई जानकारी गराएका छन् । यी सवैको खाना बस्न र अस्पतालमा लाग्ने रकम उपलब्ध गराई दिन सादर अनुरोध गरेका छन् । यादवको अप्रेशन गर्दा सुरुमै ३७ हजार डलर अस्पताललाई बुझाउनु पर्नेछ भने उपचार र बसाईमा ६३ हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।
भारतमा गरेको उपचार खर्च बापत पुष्पकमल दाहाल नेतृत्वको सरकारले १० लाख रकम छुट्टयाएको छ तर यादवले लिएका छैनन ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: