
काठमाडौं – चोरेर ल्याएको खान्की खाँदा चोर मात्र फन्दामा पर्दछ कि खान्की खाने पनि ? चोर मात्र फन्दामा परे त केही थिएन,त्यही खान्की खाँदा जीवनभर कहिले कतै इमानमा दाग नलागेका दुइ हस्ती समेत विवादमा तानिने भएकाछन । भने,चोरीको धन घुमाउरो रुपमा प्रधानमन्त्री प्रचण्ड कहाँसम्म पुगेको भेटिएकोछ ।
एक लाख/दुई लाखको हिसाब हो र ? पच्चीस करोड हिनामिना र गोलमाल गरेसँगै गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल अर्धभूमीगत छन । यता उनी कार्यरत पञ्चकन्या गु्रपका प्रमुख प्रदीप कुमार श्रेष्ठलाई अहिले यही कारण टाउको दुख्ने गरेको छ । योगेन्द्रमणीले गरेका उप्रदोको विवरण खोज्न प्रदीप कुमारले चारचार जना अडिटर नै खडा गरेका छन ।
प्रदीपले सुनाए अनुसार ‘योगेन्द्रमणीले गरेका फर्जी,कीर्ते बिल भर्पाइका कागजहरु जति पल्टाउदै गयो उति नयाँ नयाँ फर्जि विलहरु भेटिएका छन ।’कतिसम्म भने दश लाखको हिसाबमा नौ लाख नब्बे हजार आफ्नै गोजीमा हालेर बाँकी १० हजार मात्र कम्पनीको देखाइएको डरलाग्दो विवरण समेत फेला परेको छ ।
गीतकार संघका अध्यक्ष रहेका योगेन्द्रमणी दाहालले पञ्चकन्या गु्रपकै पैसा हिनामिना गरी गीतकार रत्नशमशेर थापा,किरण खरेल जस्ता दिग्गज हस्तिहरुलाई पुरस्कृत गरेको रहस्य अहिले सतहमा आएसँगै पञ्चकन्या गु्रपको पैसा हिनामिना गरि पुरस्कार पाएका यि हस्तिहरुले यो पैसा फिर्ता गर्लान वा नगर्लान प्रश्न उव्जिएको छ ।
यता,योगेन्द्रमणीले पञ्चकन्या गु्रपको पैसा हिनामिना गरी प्रधानमन्त्री प्रचण्डकी नातिनी स्मिता दाहालको नाममा केही दिन अगाडि मात्र ‘रागिनी ’ नामक एल्वम समेत उनै प्रचण्डको हातबाट विमोचन गराएर शक्ति केन्द्रसँग नजिकिएका छन ।
योगेन्द्रलाई प्रचण्डसम्म नजिकाउने पुलका रुपमा भने संगीतकार सुनिल मास्केहरुले गरेका हुन ।यस्तो समयमा प्रदीपहरुले भने योगेन्द्रमणी विरुद्ध जालसाची र रकम हिनामिना गरेको अभियोगमा मुद्धा दायर गर्ने तयारी गरिरहेका छन ।
एकातिर वदमासी गर्यो,करोडौ कुम्लायो अनि शक्तिकेन्द्रसँग नजिकियो । तिनका यस्ता वदमासी हेडक्वार्टरले नै आँखा चिम्लदै कहिलेसम्म जोगाउदै जाला ? त्यो भने चासोको विषय बनेको छ ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्