
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेकपा (एमाले)का सचिव योगेश भट्टराईले गुटको भेलामा कसैले बोलाए एक हजार माग्न कार्यकर्तालाई शुझाव दिएका छन् । युवा संघ नेपालले राजधानीमा आयोजना गरेको ‘युवाका स्वदेशी तथा वैदेशिक रोजगारीमा देखिएका अवसर र चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै कार्यकर्ता रोजगारीमा लागे पार्टीमा गुट कम हुने दाबी समेत गरे । कार्यक्रममा बोल्दै उनले भने, ‘काम नभएकाहरुले हो गुट गर्ने,’ उनले भने, ‘काम भएको र रोजगारी भएको मान्छेले गुट गर्न भ्याउँदैन । पेशा–व्यवसाय सञ्चालन गर्ने कार्यकर्तालाई गुटको भेलामा बोलायो भने ऊ आफ्नो व्यवसाय चौपट हुन्छ भनेर जाँदैन । त्यसकारण सबै कार्यकर्ता रोजगारीमा लागे भने कसरी पार्टीमा गुट चल्छ ?’
उनले अगाडी भने, ‘उनले फुर्सद भएका कार्यकर्ताले पनि गुटको भेलामा बोलाए पहिला एक हजार माग्न सुझाव दिए । ‘नेताले गुटको भेलामा बोलाए भने पहिला एक हजार माग्नु,’ उनले भने, ‘नेताले लौ आउनु दिन्छु भनेको अवस्थामा त्यो पैसा कहाँबाट ल्याउनु भयो भनेर सोध्नु । त्यसपछि कहिल्यै बोलाउँदैनन् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्