Skip to content
LAXMI SUNRISE BANK

प्रचण्ड भारत उड्नुअघिनै हुने भयो १० वर्षदेखि अड्किएको एउटा महत्वपूर्ण कामको सुरुवात

अर्थ सरोकार


काठमाडौँ – वर्षौदेखि बहसमा रहेको तराईको विकासमा महत्वपूर्ण मेरुदण्डको रुपमा रहेको हुलाकी मार्ग यही साता शिलान्यास हुने भएको छ । सरकारले भारतसँगको सहयोगमा यो मार्ग निर्माणका लागि वर्षौदेखि गर्दै आएको गृहकार्य अब अन्तिममा पुगेको हो ।
निर्माणाधीन रुपमा रहेको यो मार्गको काम सुरु गर्न अब कुनै अवरोध नरहेको सरकारले बताएको छ । यही हप्ता जनकपुर भिठामोड सडक खण्डको शिलान्यास गर्ने तयारी भैरहेको भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उक्त राजमार्गका ११ वटा सडक खण्ड भारतीय र ५ वटा नेपालकै श्रोतमा निर्माण गर्ने सहमति भएको जनाइएको छ । यसमा भारतले ८ अर्ब लगानी गर्ने जनाइएको छ । यसअघि भारतीय कम्पनीले काम गर्ने वातावरण नभएको भन्दै हात झिकेपछि सो सडक निर्माणको काम ३ वर्षदेखि अलत्रप रहेको छ ।

सहमति अनुसार पहिलो चरणमा १७ वटा सडक खण्ड मध्ये ११ वटा भारतीय पक्षले उसकै सहयोगमा र ६ वटा नेपाल सरकारले आफ्नै स्रोतमा निर्माण गर्नेछ ।
यो सडकमार्गका सवालमा भारतसँग सम्झौतामा केही फेरबदल भएकाले परिमार्जन सहितको सम्झौतामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला हस्ताक्षर गरिने बताइएको छ। उक्त भ्रमणकै बेला बाँकी सडक खण्डका बारेमा पनि भारत सरकारसँग छलफल गर्ने तयारीमा आफुहरु रहेको यातायात मन्त्री लेखकले बताएका छन् ।
उनले भनेका छन्, ‘दोस्रो चरणमा निर्माण गर्ने भनिएको यो सडकको बाँकी खण्डको प्रतिबद्धता बारेमा प्रधानमन्त्री दिल्ली गएको बेला कुरा हुन्छ।’ यो राजमार्ग निर्माण गर्न सकिए तराईको विकासमा कायापलट ल्याउन सकिने सरोकारवालाहरुले बताउँदै आएका छन् ।
  • काठमाडौँ टुडे 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK