Skip to content
LAXMI SUNRISE BANK

कर्णालीबाट प्रचण्डलाई जवाफ ­‘बीस किलो चामल लिने हामी मगन्ते होइनौं’

अर्थ सरोकार


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको एक महिनापछि विहीबार ब्यवस्थापिमा संसदलाई एक घण्टा लामो सम्वोधन गरे । पूर्ववर्ती प्रधानमन्त्री केपी ओलीकै बाटोमा उनले पनि केही लोकप्रिय कार्यक्रमको घोषणा गरे । प्रचण्डले घोषणा गरेका कार्यक्रमको समर्थन र विरोध भइरहेका बेला राजधानीबाट दुरदराजको बस्ती कर्णालीबाट भने चर्काे विरोध भएको छ ।
प्रधानमन्त्री दाहालले ब्यवस्थापिका संसदमा ४८ बुँदे कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्रीको ४८ बुँदे मध्ये २७ नम्वर बुँदामा कर्णाली क्षेत्रमा जन्म र मरणमा २० किलो निशुल्क चामल दिने घोषणा गरिएको छ । प्रधानमन्त्री दाहालेको यही घोषणालाई कर्णालीबासीले अपमान र मगन्ते बनाएको भन्दै आपत्ती जनाएका छन् ।
‘प्रधानमन्त्रीले दिएको २० केजी चामल न १३ दिन बस्ने किरियापुत्री पुग्छ, न सुत्केरीलाई पुग्छ’ एमाले जुम्लाका नेता देविलाल थापाले भने ‘यसले कर्णालीलाई कुनै राहत गर्दैन, प्रचण्डको सस्तो लोकप्रियता मात्र हो ।’
प्रधानमन्त्री प्रचण्डले सस्तो लोकप्रियताका लागि कर्णालीका वासिन्दालाई मर्दा या जन्मिदा २० किलो चामल दिने घोषणा गरेको थापाले बताए । ‘लक्षित समुदायलाई यसले कुनै प्रभाव पार्देन बरु अपमान गर्छ’ थापाले भने ।
कर्णालीमा एकिकृत विकास योजना ल्याउने ताकत राख्न प्रचण्डलाई उनीहरुले चुनौति दिएका छन् । ‘कर्णालीलाई सडक, सञ्चार, बिद्युत, शिक्षा, स्वास्थ्यको आवश्यकता हो’ थापाले भने ‘२० किलो चामलको आवश्यकता होइन ।’
त्यसैगरी कर्णालीबाट राजधानी अध्ययन गर्न आएका बिद्यार्थीहरुले पनि आपत्ती जनाएका छन् । ‘मरण र जन्ममा २० किलो चामल दिने प्रचण्ड सरकारको घोषणाले कर्णालीको आत्मसम्मानमा ठेस पुरयाएको छ’ बिद्यार्थी नेता मायाराना चौलागाईले भने । उनले राजधानीमा प्रचण्डलाई २० किलो चामल फिर्ता भन्दै सामाजिक सञ्जालबाट आपत्ति जनाएका छन् । २० किलो चामलको पोको बनाएर उनले प्रचण्डलाई फिर्ता दिने तयारी पनि गरेका छन् ।
  • एस काठमाडौँ 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK