
काठमाडौं – सरकारले स्वीकृति दिएको १८ महिनाभित्र दुईवटा वाइड बडी विमान खरिद गर्ने नेपाल वायुसेवा निगमका अधिकारीहरुले बताएका छन्।
उक्त विमान खरिदका लागि अर्थ मन्त्रालय र निगम पदाधिकारीहरुबीच भएको छलफलपछि अर्थमन्त्रीले सहमति दिएका हुन्।उक्त सहमतिलाई मन्त्रिपरिषदबाट पारित गराउनु पर्ने प्रावधान छ।
२०७४ को असोजसम्म एक वटा वाइड बडी जहाज भित्राउने योजना भएको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए। अर्कोचाहिँ त्यसको ६ महिनाभित्र खरिद गरेरै छोड्ने लक्ष्य राखेर अघि बढिरहेका समेत बताए ।
दुईवटा वाइड वडी विमान खरिदका लागि अर्थ मन्त्रालयको स्वीकृतिको पर्खाइमा रहेको निगमलाई अर्थमन्त्री कृष्णबहादुर महराले सहमति दिएपछि अब विमान किन्ने प्रक्रिया छिट्टै अगाडि बढ्ने निगम अधिकारीहरुले बताएका छन् ।
चीन भ्रमणबाट फर्किएलगत्तै मन्त्रालय पुगेका अर्थमन्त्री महरासमक्ष आइतबार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जहाज किन्नका लागि बनाएको योजना प्रस्तुत गरेका थिए । मन्त्रीको स्वीकृतिपछि उत्साहीत बनेका प्रबन्धक कंसाकारले २०७४ को असोजसम्म पहिलो जहाज भित्राउने निगमको योजना रहेको र अर्कोचाहिँ त्यसको छ महिनाभित्र खरिद गरेरै छोड्ने दृढ लक्ष्यका साथ अघि बढिरहेको जनाए ।
मन्त्रिपरिषद जमानी बसेपछि मात्र निगमले ठूला जहाज खरिद प्रक्रिया अगाडि बढाउन सक्नेछ । सरकार जमानतमा बसिसकेपछि आउने सम्पति पनि सरकारकै हुन्छ। त्यसैले खरिद गर्ने जहाजको पूरा ऋण नतिरेसम्म त्यो जहाज सरकारकै स्वामित्वमा हुन्छ। त्यो स्वीकृति निगमले प्राप्त गरिसकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले बताए ।
दुईवटा जहाज किन्न आवश्यक पर्ने २५ अर्ब रुपैँयाको ऋण कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषले दिन तयार रहेको पनि महाप्रबन्धक कंसाकारले बताए। विगतमा विमान खरिदका बेला हुने गरेको शंका हटाउन छिट्टै विश्वव्यापी बोलपत्र आह्वानको प्रक्रिया सुरु गरिने आइतबारको बैठकमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शाहीले बताए ।
मन्त्रालयले छिट्टै विमान खरिदको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने जनाएको बैठकमा सहभागी अधिकारीहरुले बताए। सरकारले यसै वर्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुईवटा ठूला जहाज किन्ने विषय उल्लेख छ।
ती ठूला जहाज भित्रिएपछि निगमले काठमाण्डूबाट अष्ट्रेलिया र युरोप सिधा उडान थाल्ने योजना बनाएको छ।
- एसियन समाचार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्