Skip to content
LAXMI SUNRISE BANK

घट्यो सुनचाँदीको मूल्य

अर्थ सरोकार


काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ   । बिहिबारको कारोबारमा प्रति तोला ५९ हजार १  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५८ हजार ९ सयमा कारोबार   भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
यो अघिल्लो दिनको तुलनामा १० रुपियाले कमि हो ।  नेपाल सुनचांदी ब्यबसायी महासंघले आज शुक्रबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २   सय ८५   रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५४   रुपैयाँ ५० पैसा रहेको छ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK