
काठमाडौँ – कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव डा प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको हो ।
समितिको सदस्यमा कृषि विभाग, कृषि उद्यम केन्द्र, व्यवसायी प्रतिनिधि, वाणिज्य विभागका प्रतिनिधि सहभागी छन्। झापा, काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्जलगायत निर्यातमा समस्या भएका नाका क्षेत्रमा अध्ययन गर्नेछ। अदुवाको गुणस्तरीय उत्पादनको पनि छानबिन तथा अन्य आवश्यक नियमन गरी मन्त्रालयलाई चाँडो प्रतिवेदन बुझाउनेछ।
मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले समस्या समाधानका लागि नयाँ दिल्लीमा प्रतिनिधि पठाइसकिएको जानकारी दिँदै समितिले अध्ययन गरी दिने प्रतिवेदनका आधारमा समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। अदुवाको निर्यात हुन नसकेपछि कृषकले त्यसको उचित वातावरण मिलाइदिन सरकारसँग माग गर्दै आएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्