
काठमाडौ – वीरगन्ज–पथलैया सडकखण्डको छातापिपरस्थित त्रिवेणी फिड इन्ड्रस्टिजमा आज बिहान आगलागी भएको छ ।
बिधुतको तार सर्ट भई भएको आगलागीमा परी उद्योगमा रहेका एक करोड मूल्य बराबरको उपकरण जलेर नष्ट भएको छ । बिहान ५ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण गर्न वीरगन्ज तथा बाराको कलैयाबाट आएका वारुणयन्त्रले प्रहरीको सहयोगमा दुई घन्टापछि नियन्त्रण गरिएको छ।
गढीमाई नगरपालिका–८ मा पर्ने दाना उत्पादन गर्ने उद्योगमा आगलागीबाट भएको नोक्सानी हाल यकिन नभए पनि रु एक करोडभन्दा बढीको यन्त्र जलेको अनुमान गरिएको छ । उद्योगका व्यवस्थापक र प्रहरीको टोली घटनाको छानबिन तथा नोक्सानीको यकिन गर्न लागिपरेको निरीक्षक कार्कीले बताए । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्