
काठमाडौँ – चितवन- पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–३ घोप्टेभिरबाट आज बिहान त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भिरमा ट्रकको नम्बर प्लेट र चाउचाउ, बिस्कुटका प्याकेट भेटिएको छ । तर ट्रक भने नदीमा बेपत्ता भएको छ ।
मुग्लिन हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना३ख ६०१७ नंको ट्रक बिहान १०ः४५ बजे नदीमा खसेको प्रहरीले जनाएको छ । एक सय ५० मिटर तल नदीमा ट्रक खसेको हो ।
ट्रकमा कति मानिस थिए जानकारी हुन सकेको छैन । खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्