×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

….त्यसपछाडि खिन्न भए अजयराज सुमार्गी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

….त्यसपछाडि खिन्न भए अजयराज सुमार्गी

Artha Sarokar

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – सबै पाहुना र सञ्चारमाध्यमलाई वाँडिएको निमन्त्रणा कार्डमा प्रमुख अतिथीको रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम उल्लेख थियो । राष्ट्रिय समारोहजस्तो गरी सजाइका मञ्च, बगैचाभित्र राखिएका टेन्ट, पाहुनाको सत्कार गर्न स्वंयम व्यापारी सुमार्गीको दौडधुप देखिन्थ्यो । सुरुमा निकै उत्साहित र हौसिएका सुमार्गी एकाएक निराश बने ।
जब प्रचण्ड नआउने खबर आयो तर उनी निराश बन्न पुगे । उनको बारेमा लेखिएको पुस्तक ‘अजयराज सुमार्गी’ । प्रचण्ड नआउने भएपनि उनको अनुहारबाट स्पष्ट छटपटी देखिन्थ्यो । घरी मोबाइलमा डायल गर्ने त घरी मञ्च अगाडि राखिएको खाली कुर्सी हेर्दै निराश देखिन्थे । आफ्नै बारेमा लेखिएको पुस्तक ‘अजयराज सुमार्गी’ पुस्तक बिमोचन समारोहमा उनले प्रधानमन्त्री प्रचण्डदेखि राजनीतिक दलका धेरै नेतालाई निम्तो दिएका थिए ।
विवादास्पद व्यापारीको आरोप खेप्दै आएका सुमार्गी र प्रचण्डको सम्बन्ध राम्रो रहेको चर्चा रहेपछि प्रधानमन्त्री सहभागी भएनन् । माओवादीबाट सांसद रामनारायण विडारी बाहेक अन्य नेता थिएनन । कांग्रेसका पूर्व सभासद शोभाकर पराजुली, एमालेका सांसद कर्णबहादुर थापा सहभागी थिए । भारतको सत्तारुढ भाजपाका नेता विजय जोली विशेष अतिथीका रुपमा उपस्थित भएका थिए । कार्यक्रममा प्रमुख अतिथी थिए विवादास्पद छवि भएका मुक्तिनाथ पिठाधीश जगतगुरु स्वामी कमल नयनाचार्य । कार्यक्रममा वैंकर अनिल शाह, स्वामी योगी विकासानन्द लगायतका व्यक्तिहरुहरुको सभागताी थियो ।
निर्धा्रित कार्यक्रम १०:३० बजेसम्म प्रधानमन्त्री आउने चर्चा चलेको थियो । तर सुमार्गीले अपेक्षा गरेको व्यक्तिहरु कोही नआएपछि उनी खिन्न देखिन्थे ।कार्यक्रममा पूर्व प्रधानमन्त्री कृतिनिध विष्टलाई बोलाइएको भएपनि उनी पनि अस्वस्थताका कारण सहभागी हुन नसकेको आयोजकले जानकारी गराएको थियो ।  उनको बारमा लेखिएको निर्मलकुमार थापा र अरुणराज समार्गीले लेखेका हुन् । व्यापारी भएपछि धेरैले सित्तैमा किताबको खोजी गरेपनि किताबको मुल्य पाँच सय भएपछि धेरैले नकिनि बाहिरिएका थिए ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी