×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोज २ भित्रै अनुदान वितरण गरिसक्ने तर, चुनौती नै चुनौती

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असोज २ भित्रै अनुदान वितरण गरिसक्ने तर, चुनौती नै चुनौती

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सिन्धुपाल्चोक – भदौ नीजि आवास पुर्नर्निमाण सम्झौता तथा अनुदान ९० प्रतिशत भन्दा बढि जिल्लामा वितरण भइसकेको छ । आइतवारसम्म ७२ हजार भन्दा बढीले सम्झौता गरिसकेको पूर्नर्निमाण प्राधिकरण विशेष सम्र्पक कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पूर्नर्निमाण प्राधिकरण विशेष सम्र्पक कार्यालयका प्रमुख भुवनेश्वर लामिछानेका अनुसार ६४ हजार ९ सय ७ घरपरिवारको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ बैंकमा पठाईसकेको जानकारी दिएका छन् ।

जिल्लामा ७८ हजार ५ सय ३७ घरधुरीको सरकारले नाम प्रकाशित गरेको थियो । आइतवारसम्म ७२ हजार ७ सय घरधुरीले सम्झौता गरिसकेको सम्र्पक कार्यालयका प्रमुख लामिछानेले दियोपोष्ट अनलाइनलाई जानकारी दिए । जिल्लामा ३ अर्ब ४५ करोड ६७ लाख ५० हजार रुपैयाँ निकासा भएको प्रमुख लामिछाने बताए । लामिछानेका अनुसार जिल्लाका ४ हजार १ सय ४८ घरधुरीलाई पाँच संघसंस्थाले अनुदान बापतको रकम ५० हजार रुपैयाँ वितरण गरेका थिए ।

असोज २ गतेभित्रै वितरण गरि सक्ने दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ४५ दिनभित्र भूकम्प पीडितहरुलाई पहिलो किस्ता ५० हजार रुपैयाँ वितरण गरिसक्ने अभियान नै चलाएपछि जिल्लामा पुनर्निमाणले फड्को मारेको हो । अघिल्लो आर्थिक बर्षमा ३ हजार २ सय २० परिवारले मात्र घर बनाउन पहिलो किस्ता ५० हजार रुपैयाँ पाएका थिए । तर पुष्पकमल दाहाल ‘प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएसंगै जिल्लामा पुनर्निमाणले फड्को मार्न सकेको हो । प्रधानमन्त्री दाहालले ४५ दिनभित्र सबै भूकम्प पीडितहरुलाई ४५ दिनभित्र ५० हजार रुपैयाँ वितरण गरिसक्ने अभियान नै चलाएपछि साउन र भदौ दुई महिनाको बीचमा नै ६१ हजार भन्दा बढीले पहलिो किस्ता पाइसकेका छन् ।

तर यस्ता छन चुनौती
पुनर्निमाण प्राधिकरण बिशेष सम्र्पक कार्यालयले अभियान भित्रै अर्थात असोज २ गतेभित्रै पहिलो किस्ता ५० हजार रुपैयाँ वितरण गरिसक्ने बताएपनि कतिपय गाविसमा अहिलेसम्म सम्झौता गरेरै सकिएको छैन् । बिशेष सम्र्पक कार्यालयले दिएको जानकारी अनुसार मार्मिङ र तौथली गाविसमा अहिलेसम्म सम्झौता नै गरिसकेको छैन् । र भोटेचौर गाविस केहि वडामा पनि सम्झौता गरिनसकेको पुनर्निमाण प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले बैंकहरुलाई अनुदान रकम पीडितहरुको खातामा जम्मा गरिदिन पठाएपनि बैंकको ढिलासुस्तिको कारण कतिपय पीडितहरुले पाएका छैनन् । प्रमुख भुवनेश्वर लामिछानेले भने असोज २ गतेभित्रै सबै पीडितहरुले अनुदान रकम पाइसक्ने दाबी गरेका छन् । तर एकाथरी बिश्लेषकहरुले भने कागजी प्रक्रियामा मात्र अनुदान रकम पाएको बताएका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले बैंकहरुलाई पीडितको खातामा अनुदान रकम जम्मा गरिदिन पठाएपनि ढिला भइरहेको छ ।

२४ शाखाबाट वितरण, तर पीडितलाई सास्ति
जिल्लामा अहिले सरकारी र प्राइभेट गरी १६ बैंकको २४ शाखाबाट अनुदान बापतको पहिलो किस्ता ५० हजार रुपैयाँ वितरण भइरहेको छ । पुनर्निमाण प्राधिकरण बिशेष सम्पर्क कार्यालयका अनुसार कतिपय बैंकहरुले पीडितहरुलाई अनावश्यक रुपमा दुःख दिइरहेको जनाएको छ । बैंकलाई निश्चित पारिश्रमिक दिएर काम गर्न लगाउँदा समेत भूकम्प पीडितहरुलाई अनाहकमा दुःख दिइरहेको उनीहरुको तर्क छ । तर कतिपय बैंकहरुले भने सार्वजनिक विदाको दिनमा समेत भूकम्प पीडितहरुलाई सेवा दिइरहेको प्राधिकरणको भनाई छ ।

गुनासोका चाङ
भूकम्प पीडितहरुलाई पहिलो किस्ता बापतको रकम ५० हजार रुपैयाँ दिन जति युद्धस्तरमा काम भइरहेको छ, त्यो भन्दा गुनासोलाई कसरी सम्बोधन गर्ने भन्ने चिन्ता अहिले पुनर्निमाण प्राधिकरणलाई भएको छ । जिल्लामा हालसम्म १३ हजार ३ सय ५७ घरपरिवारले गुनासो दर्ता गराएको प्रमुख लामिछानेले दियोपोष्टलाई जानकारी दिए । सबै भन्दा बढी मेलम्ची नगरपालिकामा १ हजार ५७ घरधुरीले गुनासो दर्ता गराएका छन् भने सबै भन्दा कम पाङताङ गाविसमा ३ जनाले मात्र गुनासो दर्ता गराएका छन् ।

  • जीवन कुँवर / दियो पोष्ट 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी