×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सात जना नेपालीको हत्या गर्ने कुख्यात भारतीय अपराधीसँग नेपाली नागरिकता र पासपोर्ट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सात जना नेपालीको हत्या गर्ने कुख्यात भारतीय अपराधीसँग नेपाली नागरिकता र पासपोर्ट !

Artha Sarokar

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


राजविराज – सातजना नेपाललीको हत्या गर्ने भारतीय कुख्यात अपराधी मोहम्मद मुस्तकिम भनिने रइस मियाँसँग नेपाली नागरिकता र दुई नामबाट पासपोर्ट जारी भएको खुलासा भएको छ । तीन बर्षदेखि मोष्टवान्टेड सुचिमा रहेका मियाँलाई १९ साउनमा त्रिभूवन अन्तराष्टिय विमान स्थलबाट पक्राउ गरिएको थियो । 
भारत विहार राज्यको मधुवनी बागरियामा घर भएका मियाँले सप्तरी सरस्वर ७ बाट बंशजका आधारमा नेपाली नागरिकता लिएको पाइएको छ । मियाँले १० चैत २२०६ मा गाउँमा पुगेको घुम्ति सिविरबाट मियाँले नेपाली नागरिकता दिएको नागरिक दैनिकमा समाचार छ । 
जिल्ला प्रशासन कार्यालयका अनुसार ०६३१०५। ४९० नागरिकता नम्वर रहेको मियाँको बाबुको नाम मुराई मियाँ कुजरा उल्लेख गरिएको छ । मुराईलाई बाबु बनाएपनि उनी ससुरा भएको सप्तरीका प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी