×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पौडेल पक्षलाई खुमबहादुरको साथ, महिला संघको भित्री लडाई आरजु–चित्रलेखा भर्सेज सुजाता–पुष्पा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पौडेल पक्षलाई खुमबहादुरको साथ, महिला संघको भित्री लडाई आरजु–चित्रलेखा भर्सेज सुजाता–पुष्पा

Artha Sarokar

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले महिला संघमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर उम्मेद्धारलाई सघाउने भएका छन् । पार्टी महाधिबेशनका बेला उपसभापति बनाउने सहमति गरेका देउवाले धोका दिएको भन्दै खड्का असन्तुष्ट बन्दै आएका छन् । देउवा पक्षलाई महिला संघमा हराउन खड्काले आफु निकट महिला नेत्री पुष्पा भुसाललाई जिम्मेवारी दिएका छन् । पौडल पक्षबाट महासचिव उम्मेद्धार बनेकी गोमा केसी खड्का निकट हुन् ।
 महिला संघमा पौडेल र खड्काले अनौपचारिक साँठगाँठ गरेका छन् । ‘पौडेल र खड्काबीच दुई दिनसम्म लगातार छलफल भएपछि चुनावी तालमेल भएको हो’ उनी निकट एक कांग्रेस नेताले भने ‘महिलासंघमा देउवा र सिटौला, पौडेल र खड्काबीच सहकार्य भएको छ ।’ महिला संघमा नेत्री पुष्पा भूसाल निकै लोकप्रिय छन् । पौडेल र खड्काले आफ्नो प्यानललाई चुनाव जिताउन भुसाललाई जिम्मेवारी दिएका छन् । दुवै नेताबाट जिम्मेवारी पाएपछि भुसाल रातदिन खट्न थालेको महिला संघका प्रतिनिधिहरुले बताउन थालेका छन् । 
पौडेल पक्षकी उम्मेद्धार मिना पाण्डेलाई जिताउन भुसाल, पार्टी कोषाध्यक्ष तथा मन्त्री सीतादेवी यादव, गिरिजा पुत्री सुजाता कोइरालाले अभियान थालेका छन् । पौडेल र खड्का पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको अन्तिम टुंगो लगाउने जिम्मा पनि यी तीन नेत्रीलाई छ । मन्त्री सितादेवी यादवले मन्त्रालयबाटै प्रतिनिधिहरुसँग संवाद गरिरहेकी छिन् भने भुसाल प्रत्येक प्रतिनिधीहरुलाई ब्यक्तिगतरुपमा भेट्दै हिडेकी छिन् । महिला संघको अध्यक्षमा सुजाता कोइरालालाई सर्वसम्मत बनाउन पौडेलले सभापति देउवालाई एक साताअघि प्रस्ताव गरेका थिए । तर देउवाले पौडेलको प्रस्ताव अस्वीकार गरेपछि देउवा पक्षकी उम्मेद्धार उमा अधिकारीलाई हराउन सुजाताले कम्मर कसेकी छिन् ।
 उता उमा अधिकारीलाई जिताउन देउवा पत्नी आरजु र पूर्वमन्त्री चित्रलेखा यादव लागेका छन् । चित्रलेखा यादवलाई मधेस र तराई क्षेत्रको जिम्मा लगाइएको छ भने अन्य क्षेत्र आरजुले समालेकी छिन् । दुवै नेत्रीलाई आफ्नो पक्षका उम्मेद्धार जिताउन सभापति देउवाले निर्देशन दिइसकेका छन् । त्यसैगरी देउवा पक्षबाट सरकारमा सहभागि मन्त्रीहरुले पनि प्रनिनिधिलाई निरन्तर फोन सम्पर्क गरिरहेका छन् ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी