×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले विभत्सपूर्ण कैलाली घटनाका अभियुक्तको मुद्दा फिर्ता लिने तयारी थालेपछि प्रहरीको कडा आपत्ति

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सरकारले विभत्सपूर्ण कैलाली घटनाका अभियुक्तको मुद्दा फिर्ता लिने तयारी थालेपछि प्रहरीको कडा आपत्ति

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – विभत्सपूर्ण कैलाली घटनाका आरोपीदेखि घाइते प्रहरी हवल्दारलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने अपराधीसम्मको मुद्दा फिर्ता लिन मधेस मोर्चाले पेश गरेको सुचिप्रति प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको छ । मधेसी मोर्चाले आन्दोलनका क्रममा मुद्दा लागेका ४ सय ९१ जनाको मुद्दा फिर्ता लिन गृहमन्त्रालयमा सुचि बुझाएको छ ।

मधेसी मोर्चाले सुचि बुझाए लगतै गृहमन्त्रालयले आरोपीको पहिचान गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेपछि प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको हो । आन्दोलनका नाममा गम्भिर अपराध गर्ने अपराधीको मुद्दा फिर्ता लिँदा भविश्यमा अपराध रोक्न नसकिने चेतावनी प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई दिएको छ ।

कैलाली घटनामा नेपाल प्रहरीका एसएसपीसहित ७ प्रहरीको हत्या भएको थियो । भने सप्तरीमा घाइते प्रहरी हवल्दारलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । यस्ता जघन्य अपराधका मुद्दा फिर्ता लिने कार्य अगाडी नबढाउन प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई आग्रह गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि मधेसी मोर्चालाई फकाउन जघन्य अपराधीलाई उन्मुक्ति दिने पक्षमा छन् । मधेसी मोर्चाले पेश गरेका ४ सय ९१ मुद्दा दुई चरणमा फिर्ता लिने तयारी सरकारले गरेपछि प्रहरी प्रधान कार्यालयले असहमति जनाएको हो ।


मधेसी मोर्चाको आन्दोलनका क्रममा भएको क्षति र सत्य तथ्य छानविन गर्न सरकारले सर्वाेच्च अदालतका पुर्वन्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन नबुझाउँदै सरकारले मुद्दा फिर्ताको तयारी थालेपछि मानवअधिकारबादी संस्थाहरुले पनि आपत्ति जनाइरहेका छन् । मधेसी मोर्चाले आन्दोलन सुरु गर्नु पुर्व आन्दोलनमा मारिए ५० लाख क्षतिपूर्ति दिने निर्णय समेत गरेका थिए ।-एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: