×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुरामले २५ वर्षमा नेपाललाई जापान जस्तै विकसित बनाउने प्रतिवेदन सार्वजनिक गरे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बाबुरामले २५ वर्षमा नेपाललाई जापान जस्तै विकसित बनाउने प्रतिवेदन सार्वजनिक गरे

Artha Sarokar

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ -.डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी, नेपालले राजनीतिक प्रतिवेदन ‘नयाँ शक्तिका आधारतत्व’ सार्वजनिक गरेको छ । छलफलका लागि भन्दै सार्वजनिक गरिएको प्रतिवेदनमा ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने नारासहित १७ बुँदा समेटिएका छन् ।
आधारतत्वको ६ नम्बर बुँदामा विकास र समृद्धिको मार्गचित्र प्रस्तुत गरिएको छ । जसमा आउँदो ७ वर्षभित्र नेपाललाई अल्पविकसित देशको सीमाबाट बाहिर निकाल्ने, १५ वर्षभित्र मध्यमस्तरको आर्थिक स्थिति भएको देश बनाउने, २५ वर्षभित्र विश्वकै अतिविकसित देशको हाराहारीमा आधुनिक र समृद्ध मुलुक निर्माण गर्ने योजना ल्याएको नयाँ शक्ति नेपालले जनाएको छ ।
गरिबी, बेरोजगारी, बढ्दो परनिर्भरता र क्षेत्रीय असन्तुलन नेपाली अर्थतन्त्रका प्रमुख समस्या भएको भन्दै यिनको छिटो अन्त्य गर्न केही दशकसम्म निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नु, वृद्धिसँगसँगै उच्च रोजगारी सिर्जना गर्नु, भारत र चीनको विशाल अर्थतन्त्रको मूल्य–श्रृखंलामा जोडिने गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नु, निर्वाहमुखी कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न उच्च प्राथमिकता दिनु, भौतिक र वित्तीय पूर्वाधारको तीब्र विकास गरी स्वदेशी र विदेशी निजी लगानीलाई आकर्षित गर्नु र सामाजिक सुरक्षा कार्यक्रमलाई व्यापक विस्तार गरी सामाजिक न्याय र शान्ति कायम गर्नु आफ्नो पार्टीको विकास नीति रहेको आधारतत्वमा उल्लेख छ ।
  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी