Skip to content
LAXMI SUNRISE BANK

चुरेभावरले फेरि माग्यो बेग्लै प्रदेश

अर्थ सरोकार

संविधान संशोधनको कुरा उठिरहेको बेला तराई–मधेसका राजनीतिक दलहरुसित असहमति जाहेर गर्दै आएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउन माग गरेको छ ।
सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले विगतमा सरकारले चुरेभावरसँग गरेको ९ बुँदे सम्झौतामा छुट्टै प्रदेश दिने सहमति भएको उल्लेख गर्दै चुरे क्षेत्रलाई छुट्टै प्रदेश बनाउन माग गरेका हुन् । आज राजधानीमा एक पत्रकार सम्मेलन गरी अध्यक्ष न्यौपानेले मधेसी मोर्चासँग भएको तीन बुँदे सम्झौता राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशको हित विपरीत भएको पनि बताए । तराईमा दुई प्रदेश बनाए आफूहरुलाई मान्य नहुने पनि उनले बताए ।
सो पार्टीले तराई आन्दोलनका क्रममा गम्भीर तथा जघन्य अपराधमा मुछिएका व्यक्तिहरुलाई धेरैभन्दा धेरै कारबाही गर्न सरकार अग्रसर हुनुपर्ने पनि बताएका थिए ।
पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष न्यौपानेले प्रधानमन्त्रीको भारत भ्रमणमा फास्टट्रयाक र नौमुरे जलविद्युत्जस्ता सन्धि सम्झौता नगर्न आग्रह गरेका थिए । त्यसमा सम्झौता भए त्यो राष्ट्रघाती हुने पनि उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK