
काठमाडौँ – बजार परिसूचक नेप्सेमा सामान्य करेक्सन भएको छ। बढेर १८५४ को बिन्दुमा पुगेको बजार ४।१० अंकले घटेर १८३४।८० को बिन्दुमा रोकिएको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै ११ करोड रुपैयाँले घटेको छ। मंगलबार मात्रै १४१ कम्पनीको २२ लाख ६० हजार शेयर खरिद बिक्रिबाट १ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबारको कारोबारमा समेत बाणिज्य बैंकहरुको दबदबा रहेको छ। कारोबार बढी हुने १० कम्पनी मध्य ९ वटा बाणिज्य बैंक रहेका छन।
बढी कारोबार हुनेमा सनराइज बैंक अगाडी रहेको छ। सनराइज बैंकको मात्रै १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, सिद्दार्थ बैंक, एनएमबि बैंक, सेन्चुरी बैंक रहेका छन। मंगलबारको कारोबारमा रप्तिभेरी विकास बैंकको शेयर १० प्रतिशतले बढेर ५९८ रुपैयाँ पुगेको छ । त्यस्तै रिडी हाइड्रोपावर, सांग्रिला डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, कसमस डेभलपमेन्ट बैंकको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले बढेको छ। त्यस्तै गुमाउनेमा सोल्टी होटल, बोटलर्स नेपाल(तराई), सगरमाथा इन्स्योरेन्स, सम्मिट माइक्रोफाइनान्स, किसान माइक्रोफ़ाइनान्सका लगानिकर्ता रहेका छन।
सोल्टी होटेलका लगानीकर्ताले प्रति कित्ता २० रुपैयाँ गुमाएका छन् भने राप्तीभेरी विकास बैंकका लगानीकर्ताले एकै दिन प्रति कित्ता ५४ रुपैयाँ कमाएका छन। बाफीया मस्यौदाको चर्चाले बजारमा एक्कासी उतारचढाब आएको हुन सक्ने अनुमान गरिएको छ। कारोबारको ३ घण्टासम्म हरियो देखिएको बजारले एक्कासी ओरालो बाटो लिएको थियो। करिब २० अंकको हाराहारीले बढेको नेप्से ४.१० अंकले करेक्सन भएर बजार बन्दको मुख्य कारण लगानीकर्तामा बाफिया मस्यौदाको त्रास भएको बुझिएको छ।
बैंक तथा बित्तीय संस्थाहरु सम्बन्धी ऐनको मस्यौदालाई अन्तिम रुप दिन अर्थमन्त्रालयमा बस्ने बैठकले अन्तिम रुप दिने र छलफल पछीको मस्यौदालाई बुधबार संसदमा पठाउने तयारी गरिएको हल्लाले कारोबारको अन्तिम १ घण्टामा उतारचढाब ल्याएको बताइएको छ।
- बिज़पाटि
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्