×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्काइसजना श्रमिक बालबालिकाको उद्धार

GLOBAL IME BANK

एक्काइसजना श्रमिक बालबालिकाको उद्धार

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


दाङ – यहाँ विभिन्न श्रममा लागेका २१ जना बालबालिकालाई उद्धार गरिएको छ । बजारका होटल, ग्रिल उद्योग, घर निर्माण, मासुमार्केट र गिट्टी कुट्ने काममा लागेका १४ वर्ष मुनिका बालबालिकालाई उद्धार गरी पुनःस्थापना गरिएको न्युसिपिसी दाङका अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।
बाल श्रम तथा बाल संरक्षण कार्यक्रमअन्तर्गत तुलसीपुर नगरपालिका र न्युसिपिसीको संयुक्त साझेदारीमा उनीहरुलाई उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको हो ।
आज एक कार्यक्रमको आयोजना गरी उद्धार गरिएका बालबालिकालाई विद्यालय पठाउन किताब, कापी, कलम, झोला, स्कुल पोसाक उपलब्ध गराउनुका साथै प्रतिपरिवार रु आठ हजारका दरले आर्थिक रकम पनि प्रदान गरिएको छ । उक्त रकम बालबालिकाका अभिभावकले आयआर्जनमुखी काममा लगाउने बताएको छ ।
प्राप्त गरेको पैसाले खुद्रा पसल, चार्ट पसल, बङ्गुरपालन, बाख्रापालनलगायतका आयआर्जनमुखी काममा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेको नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताए ।
यसवर्ष विभिन्नखाले श्रममा काम गरिरहेका ३५ जना बालबालिकालाई परिवारमा पुनःस्थापना गर्ने लक्ष्य लिएको न्युसिपिसले पहिलो चरणमा बिहीबार २१ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाएको हो ।
  • एसियन समाचार 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: