×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाईलाई नै व्वाई फ्रेण्ड बनाउने यि कस्ती नायिका ?

GLOBAL IME BANK

भाईलाई नै व्वाई फ्रेण्ड बनाउने यि कस्ती नायिका ?

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

‘दिदी’नै प्रेमिका ? सिने नगरीमा यस्तो चुत्थो  कर्म पनि चल्दो रहेछ । जस्लाई सार्वजानिक रुपमा भाईको नाता लगाइएको थियो उनैलाई प्रेमीका रुपमा सार्वजानिक गर्ने नायिका हुन चपली गर्लका उपाधी पाएकी विनिता वराल । उनै बरालले आफू प्रेममा परेको भन्दै सार्वजनिक गरिन अमेरिकामा बस्दै आएका तिलक पौडेलसँगको तस्विर । टुईटर मार्फत जोडिएको भनिएको यी दुईको सम्बन्ध एक महिना पहिले मात्रै दिदी भाईको सम्बन्धमा थियो ।

सामाजिक सञ्जाल टुईटरमा ‘ज्वाईंसा’प’ हेण्डल चलाईरहेका तिलकले गत महिना ‘जुईनो’ सार्वजनिकको लागी बिनिता नेपाल आएको समयमा गरेको टुईटमा उत्तर फर्काउँदै दिदी सम्बोधन गरेका छन । टुइटरमा विनिताले लेखेकी छिन अबको दुई दिन चितवनमा रहिन्छ । ज्वाइसाप हेन्टलमा ट्विटर चलाएका तिलकले जवाफ फर्काएका छन हाम्रोमा कहिले आउनुहुन्छ दिदी ? पुनः बिनिताले जवाफ दिएकी छिन निम्तो पठाउ न भाइ ।

चपली हाइट चलचित्रबाट चर्चामा छाएकी विनिताको कलाकारिता यात्रा दोश्रो चलचित्र फुलस्टपसँगै पूर्णविराम लागेको थियो । चलचित्र कर्मले फसल दिन नसकेपछि उनी टोखा नजिकै तरकारी खेती गर्दै आइरहेकी थिइन । त्यही समयमा उनी लिभिङ टुगेदरमा रहेको खबरहरु पनि बाहिरिएका थिए । तर,विनिताले भने आफ्नो पुस्तक जुइनोको गाँठो खोलेपछि मात्र विवाह गर्न बताउदै आएकी थिइन ।

चलचित्र ‘चपलि हाइट’मा चर्चा र विवादमा तानिएका वराल कृषि व्यवासायमा लागेर अर्काे चर्चा बटुलिएको थिईन । त्यसपछाडि एक जना चलचित्र समिक्षकलाई भाडामा पुस्तक लेख्न लगाइन र कभरमा आफ्नो नाम छापेर उनी नामी उपन्यासकार बन्ने चक्करमा लागिन । फाइन प्रिन्ट प्रकाशनले छापेको उक्त ‘जुइनो’ पनि विवाद रहित रहन सकेन । गत असार ३० गते सार्वजनिक गरिएको बिनिताको उपन्यास जुइनोको आवरण चित्र अन्यत्रबाट चोरिएको भन्दै चर्काे आलोचना भएको थियो ।

जुइनोको आवरण चित्र र पोर्चुगलका लेखक इसाडोरा रिकार्डोको लघु उपन्यास ‘एनिथिङ क्यान ह्यापनः इन एडोलोसेन्स’ को आवरणसँग मिल्दो जुल्दो भेटिएसँगै उनको पुस्तक आलोचनामा परेको छ । रिकार्डोको पुस्तकको आवरण चित्र चोरेर ‘जुइनो’ मा प्रयोग गरिएको भन्दै उक्त पुस्तक प्रकाशक फाइनप्रिन्ट समेत विवादमा तानिएको छ । यद्यपि प्रकाशक निरज भारीले ‘फोटो एजेन्सी सटरस्टकसँग उक्त फोटो किनेर प्रयोग गरेको’ दावी गरेका छन ।

  • एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: