Skip to content
LAXMI SUNRISE BANK

माथिल्लो कर्णाली सम्झौता हुँदा ओली उपस्थित नरहेको दावी गर्दै रावलले भने, ‘सम्झौता राष्ट्रघाती छ’

अर्थ सरोकार

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले माथिल्लो कर्णाली परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरिएको बताएका छन् । असोज ३, २०७१ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला तथा भारतीय गृहमन्त्री राजनाथ सिंहको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जोन राव (जिएमआर) का ऊर्जा अध्यक्ष एवम् नेपाल प्रमुख अरविन्द मन्चा शेशानले सो सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा तत्कालिन उपप्रधानमन्त्री बामदेव गौतम तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीपनि उपस्थित थिए । सिंहदरबारमा भएको सम्झौता हस्ताक्षरमा ओली, गौतम, कोइराला र भारतीय गृहमन्त्री सिंह लहरै बसेका थिए ।
तपाई कै अध्यक्ष एंव निवर्तमान प्रधानमन्त्री ओलीको उपस्थितिमा राष्ट्रहित विपरितको सम्झौता भएको प्रश्नमा रावलले ओली उपस्थित नरहेको दावी गरे । रावलले कोइराला नेतृत्वको सरकारले सम्झौता गरेको र सो सम्झौताका कतिपय प्रावधान देशको हित विपरित रहेको स्पष्ट गरे ।
तपाई सुदुरपश्चिमको नेता तर सुदुरपश्चिमकै दुईवटा नदी महाकाली र कर्णाली बेचियो भन्ने प्रश्नको जवाफमा उनले आफ्नो बचाउँ गरेका थिए । कर्णाली र महाकाली बचाउँन आफु लागेको र आफ्नै कारणले कर्णाली परियोजनामा केही संशोधनपनि भएको दाबी गरे । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै उनले कर्णालीको परियोजना संशोधनका लागि सबैलाई आग्रह गरे ।
बन्दुकेको आरोपमा प्रष्टिकरण
उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसँग भनाभन भएको भनिएको सन्दर्भपछि रावलको रुखोपन फेरि चर्चामा छ । २०५४ सालमा नेपालगंजमा भएको एमालेको छैठौं महाधिवेशनमा रावलले विपक्षी खेमाका नेताकार्यकर्तालाई बन्दुक देखाएको आरोप छ । उनलाई सोही कारण एमालेभित्र बन्दुके भनेर टिप्पणी पनि गरिन्छ । उनले सो आरोप अस्विकार गरेका छन् । गृह र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वउपप्रधानमन्त्री रावलले भने, ‘मैले तर्क दिएर गुण्डागर्दी गर्नेसँग प्रतिवाद गरेको थिएँ । मलाई एक नेता (हाल मृतक)ले बन्दुकेको आरोप लगाउँनुभयो । मैले खाशमा कलमले फायर गरेको हो ।’ उनले निधिलाई तर्कले प्रतिवाद गरेको र त्यसले उहाँलाई चोट लागेको हुंन सक्ने रावलको भनाइ छ । रावलसँगको यक्ष प्रश्न तलको लिंक क्लिक गरी हेर्न सक्नुहुन्छ । – नेपाल आजबाट 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK