×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले बढायो भूकम्पीडितलाई १ लाख

GLOBAL IME BANK

सरकारले बढायो भूकम्पीडितलाई १ लाख

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकारले भूकम्पपीडितलाई घर पुर्ननिर्माण गर्न प्रतिपरिवार ३ लाख अनुदान र सामूहिक जमानीमा निव्र्याजी ऋण दुई लाख रुपैयाँ दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट सर्वाधिक प्रभावित सिन्धुपाल्चोकका सांसदहरुको आइतबार ज्ञापनपत्र बुझ्दै सरकारले अनुदान दुई लाखबाट बढाएर तीन लाख पु¥याउने प्रक्रिया अघि बढेको जनाए ।

घर पुनर्मिाण गर्न यसअघि सामूहिक जमानीमा दिने भनिएको ३ लाख रुपैयाँको निव्र्याजी ऋणलाई भने घटाएर दुई लाख मात्र दिइने प्रधानमन्त्रीले बताए ।

भूकम्पपीडितलाई राहत पुगोस् भनेर ऋण घटाएर त्यसलाई अनुदानका रुपमा दिन लागिएको उनले बताए ।
सांसदहरु काँग्रेसका मोहन बस्नेत, एमालेका अमृतकुमार बोहरा र शेरबहादुर तामाङ, माओवादी केन्द्रका अग्नि सापकोटा र राप्रपाका रमेश लामासहितले प्रधानमन्त्रीलाई भेटेर छिटो राहत दिन र अनुदान रकम ५ लाख पु¥याउन माग गरेका थिए ।

अनुदान र निव्र्याजी ऋणका अलावा भूकम्पपीडिलाई धितो राखी घर पुननिर्माण गर्न उपत्यकाभित्र २५ लाख र बाहिर १५ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण दिने पूर्व सरकारको निर्णय भने यथावत राखिनेछ ।

  • कान्तिपुर दैनिक

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: