
काठमाडौं – नेपालगञ्जको धम्वोजी(विरेन्द्र चोक) मा राष्ट्रवादी युवाहरुको समूहले बिहीवार प्रहरीलाई झुक्याएर राखेको राजा विरेन्द्रको शालिक प्रहरीले आज शुक्रबार हटाएको छ ।
सरकारको सर्वदलीय बैठकको निर्णय सँगैं पूर्वराजा विरेन्द्र शाहको सालिक प्रहरीले मध्यरातमा हटाएको प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताएका छन् । हिजो दिउँसो प्रहरी र आन्दोलनकारी बीच झडप भएको थियो । झडपका क्रममा आन्दोलनरत केही युवाहरु घाइते भएका थिए ।
विरेन्द्र चोकमा पूर्व राजा विरेन्द्रको सालिक विहिन रहेको स्तम्भलाई सफा गर्ने भन्दै युवाहरुले प्रहरी सँग अनुमति मागेका थिए । प्रहरीको अनुमति पाए सँगै उनीहरुले कसैले थाहा नपाउँने ढङगले सालिक ठड्याएका थिए ।
‘राज्य गणतन्त्रमा गइसकेको छ, अब पनि पूर्व राजाका नाममा कसैले विवाद झिक्ने र शान्ति सुरक्षामा खलल पुर्याउने काम कसैले गर्नुहुदैन । यस्ता गतिविधीले देशको शान्ती र सुरक्षाा व्यवस्थामा खलल उत्पन्न गराउँने काम मात्र गर्दछ, त्यसैले हामीले आज राति नै शालिक हटाएका हौ’ प्रहरी उपरीक्षक राईले भने । २०६२÷६३ को जनआन्दोलनका क्रममा पूर्व राजा विरेन्द्रको शालिक हटाइएको हो ।
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्