
नेपालगञ्ज – नेपालगञ्जमा पूर्वराजा विरेन्द्र वीर विक्रम शाहको शालिक राखेको भन्दै प्रहरीले युवाहरुमाथि लाठी चार्ज गरेको छ ।
बिहीबार राष्ट्रवादी युवाहरुको समूहले धम्बोजीमा पूर्व राजा शाहको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले शालिक राख्न हस्तक्षेप गरेपछि दुइविच झडप सिर्जना हुन गएको हो । तर धम्बोजीमा युवाहरुले शालिक भने राखिसकेका छन् ।
२०६२÷६३ को जनआन्दोलनका क्रममा उक्त पूर्वराजा शाहको शालिक भत्किएको थियो । राजतन्त्रका पक्षमा रहेका युवाहरुको समूहले पूर्वराजा विरेन्द्रको शालिक जसरी भएपनि उक्त ठाउँमै राखि छाड्ने अडान लिएका छन् । प्रहरीले लाठी चार्ज गर्दा केही युवाहरु घाइते हुन पुगेका छन् ।
सडकमा युवाहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद भन्दै नारा लगाएका थिए ।
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्