
काठमाडौँ – काठमाडौँ स्थित देशकै पुरानो एवम् ठूलो वीर अस्पताल विस्तार हुने नाममा भक्तपुरको दुवाकोटमा दलाल तथा भूमाफियाले जग्गाको कृत्रिम मूल्यवृद्धि गरेका छन् ।
अस्पताल विस्तार हुने साविक दुवाकोट गाविस ५ र ६ तथा चाँगु गाविस ९ मा जग्गाको कृत्रिम मूल्यवृद्धि हो । हाल चाँगुनारायण नपा १४ र ११ मा पर्ने उक्त क्षेत्रमा जग्गा दलाल तथा भूमाफियाले सरकारी मूल्यभन्दा चार गुणासम्म बढी मूल्य बढाएका छन् ।
जग्गा दलाल र भूमाफियाले कृत्रिम तरिकाले जग्गाको मूल्य बढाउँदा पनि यहाँ अहिले दैनिक जगा हेर्न आउने घुईँचो लाग्न छाडेको छैन । चाँगुनारायण नपा–१४ का सुरेश श्रेष्ठले कृत्रिम मूल्यवृद्धि गरिए पनि जग्गा किन्न आउनेहरु दिनानुदिन बढिरहेको बताए ।
यहाँको जग्गा सरकारी मूल्यभन्दा चौब्बर मूल्यसम्म खरिदबिक्री भइरहेको उनले बताए । चाँगुनारायण नपा १४ कै उद्धव खड्काले पहिले मोटर बाटो भएको जग्गाको प्रतिआना पाँच छ लाख पर्नेमा जग्गा दलाल तथा भूमाफियाले कृतिम मूल्य बढाएर प्रतिआना १२ देखि १४ लाख पुर्यायएको बताए ।
- अन्नपूर्ण पोष्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्